सामाजिक संजालमा मेरो चरित्र हत्या गर्न खोजियो : आङ कामी शेर्पा (भिडियो सहित)

आङकामी शेर्पा,

सम्पुर्ण देश परदेशमा रहनुहुने दाजुभाइ तथा दिदिबहिनीहरुमा नमस्कार!

बिशेष- मलेसियामा कार्यरत केही भाइहरु पिटि शेर्पाबाट ठगिनुभएको र पिटि शेर्पालाइ आङ कामी शेर्पाले आफ्नै जातको भएकोले कुनै कारबाही नगरेको। पिटि शेर्पा दलाल हो, धेरै नेपाली श्रमिकको अनेकौ बिधिबाट नगद ठगी गरेको र आङ कामी शेर्पाले उसको संरक्षण गरेको भन्ने जस्ता कस्ता अत्यान्तै भ्रमिक समचार सामाजिक सञ्जालमा यत्रतत्र छरपस्ट भएको रहेछ। यो हेर्दा म आफुलाईनै धेरै दु:ख मन भएको छ।

बास्तबमा मैले पिटी शेर्पालाई चिन्दिन यथार्थमा। उहाँले के गर्नुहुन्छ। उहाको बारेमा कुनै पनि बिसयमा म अज्ञात छु। केवल म सग दुईटा बिसयमा सहकार्यगर्दै एक आङ पासङ शेर्पा जस्को खुट्टा उपचारकै क्रममा गुमेको थियो। र उहालाइ नेपाल पठाउनको निमित्त म सगँ काम गर्नुभयो। र अर्को नेपालमा ज्यान मारेर फरार रहेका भनियका अभियुक्त लाई मलेसियामा खोजिकार्य गर्दै पिडित परीवारलाइ सुचना दिनुको साथै नेपाल पठाउनको निमित्त काम गर्नुभएको हो। यी दुई काम समाजिक उत्तरदायी छन। यहाँ भन्दा अरु बिसयमा कुन काम कस्तो हिसाबले गर्नुभएको छ, त्यो मलाइ कुनै जानकारी नरहेको स्पष्ट पार्न चाहन्छु।

यदी पिटी शेर्पाले गलत क्रियाकलापगर्दै नेपाली भाइहरुलाइ परदेशमा ठगिरहनु भएको भए तिनलाइ कारबाही हुनै पर्छ। त्यसरी अरुलाइ सताएर दु:ख दिएर कुनै पनि ब्यक्तिलाई भलो हुदैन र छुट्दिन पनि हुदैन। हामिले गलत काम गर्नेहरूको विरुद्धमा ससक्त अवाज उठाउदै कारबाहीको माग राख्नै पर्छ। तर आफैले कारबाही गर्ने हाम्रो कुनै (औथरटी) बैधानिकता छैन हामिले त सरकारलाइ सुचना दिने हो। अझै म प्रस्ट के भन्न चाहन्छु भने मलेसियामा नेपाल सरकारको दुतावास छ। कुनैपनी आफ्ना समस्याहरू लगेर बिसाउन सकिने छ। मैले भन्ने हारगुहार गर्ने जुन परदेशमा भएका हाम्रा दाजुभाइ दिदिबहिनिको समस्याको सुचना दिने भनेको पनि दुतावासलाई नै हो।

मैले फेसबुकबाट आफैले कारबाही गर्ने र न्याय दिने म कुनै न्यायाधीश हैन। मैले त सामाजिक सञ्जालमार्फत यियस्ता गलत कार्य गर्दै ठगिएका पिडितको कथा लगेर नेपाल सरकारलाई नै सुचना दिदै कारबाहिको माग राख्ने हो। तर यहाँ जुन कुरा फेसबुकमा देखिन्छ। आङ कामि शेर्पाले नै यो सबै काम गर्ने बैधानिकता पाएको छ। उसैले गरे सक्छ गर्देन। काखी च्याप्यो भने जस्ता कस्ता तर्कबितर्क गर्दै मेरो ब्यक्तिगत चरीत्रमा आचँ आउने खाल्का कुराहरू देख्छु। कृपया यो नगरीदिनुहुन म सबिनय अनुरोध गर्दछु।

हो हामी पिटि शेर्पा जी संग पिडित छौ भने कुन कुन भाइ कुन कुन बिसयमा ठगिएका छौ। सबैले समन्धित निकायमा उजुरी गरौँ सुनुवाइ अबस्य हुन्छ। त्यहा भएन भने माथिल्लो निकाएमा जाउ तर मलाइ कुनै जानकारी नै नदिने र पुरै नेपालको प्रशासन चलाउने आङ कामी शेर्पाको फेसबुकबाट हो भने झै आरोप लगाउन त भएन नि हैन!!

अन्ततः आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरु हामिले लेनदेन गर्दा आर्थिक कारोबार गर्दा सुरुमै बल्लियो भरपाई कागजात बनाउ। र कुनै पनि काम गर्दा नेपाल सरकारी मान्यता अनुसार बुझेर काम गरौं ठगिन बाट बचौँ र अरुलाइ पनि बचाउ। कुनै ब्यक्ती ठिगिएको अबस्थामा सरकारी निकायमा उजुरी तुरुन्तै गरौँ अबस्य सुनुवाइ हुन्छ।
यो सबै मेसेज आङकामी शेर्पाको फेसबुक बाट साभार गरिएको हो ।