फेरी समाजसेवी आमा इशा गुरुङको समाज प्रतीको योगदान सामाजिक संजालमा भाइरल (भिडियो सहित)

स्कटनेपाल युके,

बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोही कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । अहिले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाई ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण भएको थियो। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोही कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।

बिगतको दिनमा उनले गरेका सामाजिक काम हरु उनको सामाजिक संजाल भरि भाइरल छन्। अस्ती भर्खर गोर्खा मिर्गौला पिडित बिकास गुरूडं भाँइको लागी इशा गुरुङको पहलमा उठेको संकलित रकम रू २ लाख ७४ हजार इशाको दिदि धनमाया गुरूडंले हस्तान्तर गर्नु भएको जानकारी पनि गराउन चाहन्छौ । समाजसेवी इशा गुरुङ भन्नु हुन्छ सम्पुरण सहयोगी मनहरू लगायत साँथ हौसला र माया गर्नुहुने हजुरहरू सबैलाइ धन्यबाद दिन चाहान्छु र बिकास गुरूडं भाइको स्वास्थ लाभको सुभकामना पनि गर्न चाहान्छु , मेरो पहल बन्द भए पनि अझै उहाको लागी सहयोग गरिदिनुहोला भन्दै बिनम्र अनुरोध पनि गर्दछु , सेवा नै मानब धर्म हो ।

पछिल्लो समयमा समाजसेवी इशा गुरुङको समर्थन गर्दै स्कटनेपालले सपोर्ट गर्दै आएको र यो उहाको सामाजिक काम प्रति निरन्तर आवाज दर्शक माझ हरु संग पुराउने बाचा पनि गर्दछ ।
स्कटनेपाल अनलाइन टिवी मार्फत अहिले सम्म प्रशारण गरिएका इशा गुरुङका केहि भिडियो फुटेज हरु तल हेर्न सक्नु हुनेछ ।

बेलायत र नेपाल बाट गुन्जियो आवाज बलात्कारी हत्यारालाइ फासी को माग

दुखि गरबि पिडित हरुलाई अभियानबाटै अहिले सम्म १ करोड भन्दा बढी रकम उठाईन

कठै बरै मान्छेको जीवन एकैछिनमा यस्तो भयो … मार्मिक भिडियो

सामाजिक सेवी Isha Gurung ले मुख खोलिन : Tanka जी हजुरको आलोचना गर्ने मान्छेले त्यही चाहेको हो !

दुबै मिर्गौला पिडित कलाकार जलजला परियार नानुलाइ सहयोगको अपिल

बाकी भिडियो हरु धेरै छन् हामीले सबै हाल्न असमर्थ भयौ यो लिंकमा सबै भिडियो हरु हेर्न सक्नु हुनेछ : https://bit.ly/2zTNpX8