निर्मला हत्याबारे माता सविताको सनसनीपूर्ण भविष्यवाणी, केपी सरकार छिट्टै ढल्छ [हेर्नुहोस भिडियो सहित्

भक्तपुर : माताको रुपमा भविष्यवाणी गर्ने सविता सरू शर्मा आचार्य चर्चित नाम हो। धनकुटा जिल्लामा २७ वर्ष अघि ७ महिनामा आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी माता हाल काठमाडौँमा बस्दै आएकी छिन् ।


उनले कक्षा १२ सम्मको अध्धयन गरेकी छिन्। उनी आफुलाई एक आधुनिक माता भएको बताउँछिन्। उनी भविष्यवाणी, जोखाना हेराउने देखि सामाजिक संजालमा समेत व्यस्त रहने गर्छिन। उनी बेला बेलामा फेसबुक लाइभमा आफ्नो विचार पोख्ने गर्छिन जुन केहि क्षणमा नै भाईरल हुने गर्छ। उनी भन्छिन, ‘पहिला म मात्रै देशको बारेमा बोल्ने माता थिए। तर अहिले भने धेरै माता आएका छन्।’

उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपतिहरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनी बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापाको योग एकदमै राम्रो रहेको पनि उनी बताउछिन।

सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सबितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनी अहिले देश विदेशमा नेपाली माता जीको नाम बाट प्रख्यात छिन। उनले कुराकानीको क्रममा भनिन्, ”देश अस्थिर छ, अझै रक्तपातको योग छ। देशको राजनीतिक अन्योलमा छ। संघियताले देश खत्तम बाटोमा जादै छ।” उनले थपिन,”मैले पहिला पनि भविष्य वाणी गर्दा देशमा हिँसा हुने, बलात्कार हुने बताएको थिए।” निर्मला हत्याको अनुसन्धान निरन्तर भईरहेने हो भने हत्याको पर्दाफास हुने पक्का रहेको उनले बताइन। बम दिदीबहिनीमार्फत नै निर्मला हत्यारा पत्ता लाग्ने उनको दावी छ ।

उनले देशको बारेमा भविष्य वाणी गर्दै भनिन्,’देशमा आर्थिक सङ्कट अझै हुने योग छ। राजनीतिक स्थाइत्व रहदैन। महँगीका कारण आन्दोलन हुने, ऋण नै ऋण लागेर देश गरिब हुने देखिन्छ।’ उनले केपी ओलीको सरकार ५ वर्षसम्म टिक्न नसक्ने बताइन । बाँकी हेर्नुहोस भिडियोमा