समिर र बिद्याको जोडीले पायो एक करोड

काठमाडौँ

गायक समिर आचार्य र गायिका बिद्या तिवारीको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ l लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका छन् भने गायिका बिद्या तिवारी भोइस अफ नेपाल कि एक शसक्त प्रतिस्पर्धी रहेकी छन् l विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा समिर ले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका छन् l

यस गीतको शब्द तथा संगीतमा राजेन्द्र भट्ट र सन्तोष कुमार रहेका छन् भने छायाँकार राम कुमार केसीले म्युजिक भिडियोलाई छायांकन गरेका हुन् l निर्देशक टेकेन्द्र साहले निर्देशन गरेको यस भिडियोमा चर्चित नायिका आंचल शर्मा र सुसान्त खत्रीको बेजोड नृत्यको साथमा अभिनय देख्न सकिन्छ l छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल गित “पिच रोड” को सफलता देखेर गायक समिर अहिले दङ्ग परेका छन् l नेपाली गित संगीत प्रेमीहरुको अपार माया तथा यस गितको म्युजिक भिडियोलाई दर्शकहरुले अत्याधिक मनपराई दिएकोमा सम्पूर्ण भिउर्सहरुलाई गायकले धन्यबाद समेत दिएका छन् भने आगामी दिनहरुमा समेत यस्तै माया र साथको अपेक्षा समेत गरेका छन् l

भिडियो हेर्नुहोस