राजधानीमा राष्ट्र बहस २०७५ आयोजना हुने

मदनकृष्ण सिलवाल

काठमाडौँ, २९ कार्तिक । राजधानीमा राष्ट्र बहस २०७५ आयोजना हुने भएको छ । पुरानो बानेश्वरस्थित साइम कलेज (Saim College) मा आउँदो कार्तिक ३० देखि मंसीर २ गतेसम्म चार दिनसम्म चल्नेछ । चार दिनको कार्यक्रम अवधिमा बेलायती संसदीय प्रणालीमा घनिभुत तालिम र बहस हुने कार्यक्रम संयोजक पदम रेग्मीले बताउनुभयो।
नेपाली भाषामा तर्कसंगत बहस वैचाकिर वादविवादको लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत ४ वर्षदेखि निरन्तर रुपमा “राष्ट्र बहस” प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको मुख्य लक्ष्य समावेशिताको सिद्धान्त अनुरुप आफ्ना विचारहरु नेपाली भाषामा व्यक्त गर्न सकिने स्थानको निर्माण गर्नु हो ।

यस प्रतियोगिताको आयोजना Debate Network Nepal (DNN) ले आयोजना गर्दैछ । सो प्रतियोगितामा अधिकतम टोली संख्या ४० र बहसकर्ताको संख्या प्रति टोली २ जना हुने नियम रहेको छ साथै, सहभागि समूहलाई कार्तिक ३० गते तालिम दिइनेछ ।त्यस्तैगरी, मंसीर १ र २ गते समूह चरण छनोट गरिने छ भने मंसीर ३ गते नकआउट चरण हुनुका साथै मंसीर ३ गते नै प्रतियोगिताको फाइनल हुने आयोजक संस्थाले बताएको छ ।

नेपाली समाजमा बहसको संस्कृतिलाई प्रोत्साहन गर्नको लागि स्तरिय बहसकर्ता, निणार्यक र प्रशिक्षकहरुको निर्माण गर्ने र लोकतान्त्रिक विचारधाराको एक मुल मान्यताको रुपमा रहेको वैचारिक स्वतन्त्रतालाई उत्सवको रुपमा मनाउन हातेमालो गर्ने अभिलाषा यो कार्यक्रमले बोकेको छ । बेलायती संसदीय प्रणाली अन्तर्गत प्रत्यक बहस एक घण्टा समयावधिको हुन्छ जसमा चार दुई सदस्यीय टोली हुन्छन्, जसलाई सरकार र प्रतिपक्ष गरि दुई भागमा बाँडिन्छन् र उनीहरुले दिइएको विषयमा क्रमशः पक्ष र प्रतिपक्षमा बहस गर्छन् ।