अब देख्न पाइने छ रानीबारी हत्याकाण्डदेखि बसन्तपुर एसिड घटना डिशहोममा

स्कटनेपाल युके,

डिश मिडिया नेटवर्कले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफैले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ । डिशहोम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको सर्वविदितै छ । रमाईलो टेलिभिजनमा हाल प्रशारण भईरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफल जस्ता कार्यक्रमहरु दर्शकमाझ अत्यन्त रुचाईएका छन् ।

रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, यहि तिहारको अवसर पारेर भाईटीकाको दिन देखी नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका छन् ।

नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी”,मा भने नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटिने छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलि श्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रवार साँझ ८: ३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम “अपराध”, तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरण सहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८:३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हास्यँ कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका हाँस्य प्रधान टेलिश्रृंखलाहरुले दर्शकलाई पेट मिचि मिच हसाँउने छन् । “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८:०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८:०० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने छन् ।