अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ सार्बजनिक (भिडियो सहित)

स्कटनेपाल युके,

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा बिभिन्न जेनराका म्युजिक भिडियोहरु बजारमा आई रहेका छन् । भिडियोको महासंजाल युट्युबको ब्यापकतासंगै नेपाली संगीत र भिडियोहरुले दर्शक श्रोतालाई अझ नजिकबाट छुन सकेका छन् अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ युटुब मार्फत सार्बजनिक भएको छ । स्याड भर्सनको यो भिडीयोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ् दिएकी छिन । जहाँ उनीहरुको गज्ब्बको क्यामेस्ट्री देख्न सकिन्छ ।

गीतमा दिनेस गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भने पुस्तक प्रसादको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।

यस्तै भिडीयोको निर्देशन भने कुसल सम्पादक निसान घिमिरेले गरेका छन् । भिडीयोमा उत्सब दाहालको छायाँकन , बिकास दाहालको सम्पादन देख्न सकिन्छ । उक्त भिडियो हेर्नुहोस मन परे शेयर र लाइक कमेन्ट गर्न पक्कै पनि न बिर्सनु होला भन्न चाहन्छौ ।