शान्ति नेपाली समाज बेलायतको आयोजनामा देउसी भैलो कार्यकर्म सम्पन्न (फोटो फिचर सहित)

स्कटनेपाल युके,

वेलायतवासी नेपालीहरूको लोक प्रिय संस्था शान्ति नेपाली समाज बेलायतको आयोजनामा ६ नोवेम्बर २०१८ मंगलवार देखि समाजमा रहेका बाल बालिकाहरूलाई नेपाली भाषा सिकाउने कक्षा संचालन गर्ने उद्देश्यका साथ शुभ दिपावलीको पावन अवसर पारि वेलायतको Birmingham को West Bromwich, Great Barr, Kingstanding र Yardly मा संचालन गरिएको देउसि भैलो कार्यक्रम संपन्न भएकाे जानकारी शान्ति नेपाली समाज वेलायत प्रवक्ता अन्जु पाठकले जानकारी स्कटनेपाललाइ गराउनु भएको छ ।

कार्यक्रम संपन्न पार्नको लागि वेलायतको बर्मिङ्घममा रहनुहुने संपूर्ण आमा बुवा, दाजुभाई, दिदी बहिनि, साना नानी बाबु, महिला, बृद्ध, समाजसेवी संस्थाका संस्थापकहरू निबर्तवान सल्लाहाकार एवं कार्यसमितिका सबै पदाधिकारीज्यूहरू साथै संपूर्ण सॉस्कृतिक एवं समाजसेवी महानुभावको उपस्थिथि रहेको थियो। समाजले करिब १५० घर धुरीमा गै शुभ दीपावली तथा तिहारको शुभ कामना दिइ परम्परा गत नेपाली संस्कृतिको पहिचान गराऊन सफल भएको छ ।

संस्थालाई आर्थिक नैतिक र भौतिक रूपमा सहयोग गर्ने संपूर्ण महानुभाव प्रति यस संस्था शान्ती नेपाली समाज वेलायतको तर्फबाट आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि यस संस्थाले आयोजना गर्ने अन्य कार्यक्रमहरूमा यहॉहरूको अमुल्य सहयोग रहने आशा र बिश्वासका साथ यहॉहरू सबैलाई हार्दिक धन्यवाद दिनु भएको छ ।
केहि तस्विरहरु देउसि भैलो कार्यक्रममा खिचिएको तल हेर्नुहोला ।

देउसी भैलो कार्यकर्ममै बेलायतबाट जेनिशा भट्टराईको यो मर्मस्पर्शी ”सालको पातको टपरी” गित पनि सुन्नुहोस