अर्चना पनेरूलाई मात खुवाउने रेजिना चलचित्र “जिस्म २”मा

काठमाडौँ : चलचित्र “जिस्म” को सिक्वेल “जिस्म २”को यति बेला धमाधम छायांकन भई रहेको छ । चलचित्रको छायांकन पोखरामा भइ रहेको छ । चलचित्र”जिस्म”को चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यसको चर्चा चलचित्र नगरीमा एकदमै भएको थियो ।

“जिस्म २”लाई राजु गिरिको निर्माण रहेको छ भने यस चलचित्रलाइ निर्देशक सुचिन्द्र परियारले निर्देशन गरेका छन् । राजु गिरीले अब ग्ल्यामर निर्देशक बाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशक लाइ चान्स दिएको बताए ।

सुरज कुँवरले छायांकन गरेको चलचित्र “जिस्म २”बाट रमेश बिश्वकर्मा र रेजिना भण्डारीले डेब्यु गर्दै छन् । रेजिना भण्डारी भन्छिन् चलचित्रलाई लिएर म एकदमै खुशी छु । अर्चना पनेरूलाई मात खुवाउनुको लागि आफु आएको बताइन् । चलचित्रमा अनिल राइको नृत्य,योगेश काजीको संगीत रहेको छ । चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरि बताउछन ।

चलचित्र ‘जिस्म’मा अर्चना पनेरुले दिएको दृश्य भन्दा नव अभिनेत्री रेजिना भण्डारीले अझै ग्ल्यामर दृश्य दिएकि छिन । चलचित्र आगामी नयाँ बर्षमा प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ ।