नुवाकोटमै भेटिए ११६ बर्षे अचम्मको बुढी आमा, यस्तो रहेछ लामो समय बाँच्नुको भित्री रहस्य…{भिडियो सहित}

नुवाकोट, थानसिङकी ११६ बर्षिय यी वृद्धा बुढीआमाको नाम हो बाटुली लामिछाने । उनले नाति, पनाती, खनाती, जनाती सबै देखिसके अनि देशका अनेकौं तन्त्रहरु राणाशासन देखि प्रजातन्त्र, राजतन्त्र, गणतन्त्र, लोकतन्त्र, नयाँ नेपाल पनि नियालिसके तर उनले यो एक शताब्दीभन्दा धेरै समय वितिसक्दा कसैको पनि उनीमाथि ध्यान छैन, नेपाल सरकारको वृद्धा भत्ता बाहेक ।

यत्ति खेर विश्वका धेरै समय बाँच्ने मानिसहरुको अग्र पंक्तिमा उभिरहेकी उनी नेपालको मात्रा नभई सिंगो विश्वको लागि गौरव पनि हो अनि मानव जात्तिको लागि एक धरोहर पनि हो । उनलाई राम्रोसँग सरंक्षण गर्न सके उनीबाट सिंगो विश्वले पक्कै पनि केही सिक्नेछन्, लामो समय बाँच्नका लागि केही तत्वज्ञान प्राप्त गर्नेछन् । यत्ति धेरै समय जिवित रहिरहँदा पनि के कस्ता दैनिक गतिविधिमा सक्रिय हुन्छिन् त यी बुढी आमा ? हेर्नुहोस् यो भिडियो विस्तृतमा…