क्रेगिबर्न नेपाली समाजद्धारा देउसीभैलोबाट करीब ६,००० डलर संकलन

नेपाली समुदायको बढ्दो क्षेत्रको रुपमा रहेको मेलबर्नको क्रेगिबर्नमा यही २७ अक्टोबरका दिन मेलबर्नमा साहित्यिक ब्यक्तित्वको रुपमा परिचित एनआरएन भिक्टोरियाका निबर्तमान सचिब माधव पौडेलको अध्यक्षतामा गठित ११ सदस्यिय क्रेगिबर्न नेपाली समाजले नेपाली कला, संस्कृति र परंपराको संरक्षण र प्रबर्द्धन गर्दै केही निस्चित उद्धेस्य प्राप्तीका लागि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।

समाजद्धारा आयोजित दुई दिने देउसी भैलो कार्यक्रममा समुदायका सदस्यहरुले करीब ६,००० डलरको लागि प्रतिबद्धता जाहेर गरेका छन । नेपाली कला, संस्कृति र परंपराको संरक्षण र प्रबर्द्धन गर्ने अभिप्रायले आयोजना गरिएको देउसी भैलो कार्यक्रमबाट संकलित रकम बिशेष गरी समाजको लागि भबिस्यमा आबस्यक पर्ने परंपरागत नेपाली लोकबाजाहरु किन्न प्रयोग गरिने कुरा समाजका अध्यक्ष माधव पौडेलले जानकारी दिए ।