तिहारको अवसरमा चर्चित गायिका मिरा राणा तथा स्कटल्याण्डका स्थानीय कलाकार साङ्गितिक साॅझ २०१८ भब्यतका साथ सम्पन्न।।।

तिहारको अवसरमा चर्चित गायिका मिरा राणा तथा स्कटल्याण्डका स्थानीय कलाकारहरू द्वारा साङ्गितिक साॅझ २०१८ भब्यतका रुपमा मनाएको छ।।।

नेपाली हरूको महान चाड तिहारको को पावन अवसरमा स्कटल्याण्डको ईडन्वरामा मा नेपाली कम्युनिटि द्वारा मिरा राणा साङ्गितिक साॅझ २०१८ रमाइलो तिहार कार्यक्रममा गायिका मिरा राणाका साथ स्कटलैण्डका स्थानीय कलाकारहरूले बिभिन्न किसिमका नृत्य, सङ्गीत, लोक दोहोरी तथा नौमती बाजाको भव्य धमाका का साथ सम्पूर्ण स्कटलैन्ड बासीहरूलाई नचाई भव्य रुपमा मनाएको छ। उक्त कार्यक्रम स्कटलैण्ड इडन्वरा शहरको नेपालीहरूको आफ्नो हल हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चर सेन्टरमा आयोजित कार्यक्रममा स्थानीय, नेपाली तथा अन्य समुदायका आगन्तुकहरुको सहभागिता रहेको थियो। कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय कम्युनिटीसंग सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा यस कार्यक्रमका आयोजक तथा सम्योजक बिजय डंगोल बताउँछन्।

यस कार्यक्रममा स्थानीय संस्था हरू नेपाल स्कटलैण्ड एसोसिएसनका, हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चरका पदाधिकारीहरु तथा गैर आवासीय नेपाली संघ स्कटलैण्ड का अध्यक्ष मोहन कार्की, गैर आवासीय नेपाली संघ बेलायतका सल्लाहकार डा. राम कुमार अधिकारी, स्थानीय व्यवसायीहरू तथा यस कार्यक्रमका प्रायोजकहरू लगायत बिभिन्न संस्थाका पदाधिकारी हरूको उपस्थित तथा उल्लेखनीय योगदान रहेको थियो।
उक्त कार्यक्रममा स्कटल्याण्डका विभिन्न शहर देखि नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
कर्यक्रमको पहिलो चरन आयोजक द्वारा नेपाल देखि आएका चर्चित गयिका मिरा राणालाई स्थानीय मलिका नौमति बाजा बजाई स्वागत सम्मान गरेका थियो। स्थानीय लोक दोहोरी गायिका कमला श्रेष्ठले प्रमुख अतिथि, अतिथि तथा आगन्तुकहरुलाई ब्याज लगाइ दिइ आसन ग्रहण गराएका थिए भने स्कटलैण्डका सिनिएर नागरिक बिर बहादुर महर्जन र दिल बहादुर पुनले क्रमशः प्रमुख अतिथि मिरा राणा र अतिथि उदय जंग राणालाई खादा लगाई सम्मानित गरेका थिए। प्रमुख अतिथि मिरा राणाद्वारा नेपाली समाजका स्कटलैण्डमा भएको आफ्नै भवन भएको तथा अन्य सस्थाको प्रसँसा, प्रगतिका साथै सुमधुर सम्बन्ध अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो र कार्यक्रमका प्रायोजक रेष्टुरेण्टहरु एभरेष्ट इन पर्थ, म्याक्सिकन बार एण्ड ग्रिल, नमस्ते काठमाडौँ  रेष्टुरेण्ट, एभरेष्ट रेष्टुरेण्ट तथा बे-लिफ ररेष्टुरेण्ट लाई सम्मान पत्र प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन सबिना खनाल र दर्शना श्रेष्ठले गरेका थिए।

सुरुमा बाल कलाकारहरू क्रमशः आक्रिति खराल, अलिसा खराल, अनुश्का शर्मा, क्रिष्मा शर्मा, अबिसा चापागांई, श्रिध्दि अर्याल, सुदिपा केसी, रोबिका बस्नेत, आयूष्मा कुँवरलेअति सुन्दर नृत्य प्रस्तुत गरेका थिए।अनि चर्चित गायक मिरा राणाको एकल गायनले सम्पूर्ण नेपाली तथा स्थानीय बासिन्दाहरुलाई आफ्नो गिहरूका जादुले बेसरी नचाहेर कार्यक्रमलाई झन अझ प्रभावकारी र सफल बनाएका थिए भने मिरा राणा को ‘मखमलि चोलि चाईन्दैन’ गीतमा सलिना भट्टराई र सृष्‍टि कार्कि को बेजोद नृत्य प्रस्तुतले दर्शक माझको वातावरण रमणिय र मिरा राणा लाई सम्मान गरेका थिए साथै स्कटल्याण्डका लोकल कलाकारहरू द्वारा लाइभ संगित गायकहरु अनुप कार्कि, सारिका खत्री, बिबस पाण्डे र स्थानीय म्युजिकल ब्यान्ड नेपालिङ्क ब्यान्डको बेजोड प्रस्तुति अनि स्थानीय लोक दोहोरी गायक रमेश भण्डारी र गयिका कमला श्रेष्ठले नौमती बाजाको तालमा लोक भाकाको बेजोड प्रस्तुतिले सम्पूर्ण दर्शकहरू खुसिले उर्लेका थिए।
अन्तमा दर्शकहरु सबैलाई नौमती बाजाले भरपुर नचाएका थिए भने डीजेका डीजेनाइटले कार्यक्रम अझ रोमान्चक बनाएको थियो।
आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी द्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने नेपाल खानाको प्रसँसा र खाना उपलब्ध गराउने रेस्टुरेन्टलाई धन्यवाद दिएका थिए।

यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो नेपाल देखि आएका कलाकार मिरा राणा लाई प्रत्यक्ष भेट्न र उहाँको सुमधुर संङ्गितमा रमाई नाच्न पाएकोमा सम्पूर्ण स्कटल्याण्डका महानुभावहरू हर्षोल्लासका थिए भने आफ्नो परम्परागत लोक दोहोरी तथा पंन्चे बाजा बजाई नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ।
अन्तमा हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चरका अध्यक्ष टिका लिम्बु द्वारा आयोजक बिजय डंगोल, प्रमुख अतिथि मिरा राणा, अतिथिहरू, बिभिन्न स्थानीय संस्था तथा सम्पूर्ण स्कटलैन्ड बासीहरु लाई धन्यवाद साथै सम्पूर्ण स्थानीय सस्थाहरुको संग सुमधुर सम्बन्ध अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो।
धन्यवाद।। ।