सबै भन्दा शक्तिसाली महिला कि पुरुष ? टिका र रमेशको जबाफ सुन्दा छक्क पर्नुहुन्छ (भिडियो सहित )

सामाजिक सञ्जालमा अहिले रमेश प्रसाई नाम लोकप्रिय भइरहेको छ । शारीरिक अपाङ्गता भएका उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन् । रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुन् । उनी धरानको रेडियो गणतन्त्रका कार्यक्रम सञ्चालक पनि हुन् । उनको आवाज श्रोतामाझ लोकप्रिय छ । रमेश प्रसाई कविता समेत लेख्ने गर्दछन् । कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफूभित्रको कुण्ठा बाहिर आउने बताउँछन् । उनले रेडियो कार्यक्रमहरु तथा इन्टरनेट र पुस्तकहरू मार्फत् जानकारीहरु लिने बताउँछन् ।

कुनै राजनीतिक पार्टीमा नलागेका हुने आफूमा कम्युनिस्ट प्रति आस्था रहेको बताउँछन् । रमेश प्रसाई हरेक व्यक्तिमा पूर्ण अवगुण हुने र त्यसलाई चिनेर अगाडि बढ्नुपर्ने बताउँछन् । आफू आँखा देख्न नसक्ने भएका कारण नेतृत्वदाय भूमिकामा बस्न नसक्ने र आफूलाई असक्षम नठान्ने स्पष्ट बताउँछन्। टिका बुढाथोकी पछिल्लो समयका अर्का भाइरल व्यक्ति हुन् । टिका बुढाथोकी पनि मानिसहरुलाई प्रेरणा दिने आफ्ना विचारहरु प्रस्तुत गर्छन । टिका बुढाथोकी र रमेश प्रसाइले महिला र पुरुषको बिसयमा बोलेका कुराहरु तल भिडियोमा हेर्नुहोला।
[youtube https://www.youtube.com/watch?v=jduG3jX40HY]