प्रवासी भुमिमा नेपाली तिहार गीत सार्वजनिक ! फेरी चर्चामा गायक डा. राम कृष्ण निरौला (भिडियो सहित)

स्कटनेपाल युके,

प्रवासी भूमि अस्ट्रेलिया जस्तो ठाउमा लामो समय देखी बस्दै आएका गायक डा. राम कृष्ण निरौलाले दशैँ तिहार जस्तै चाडवाड लाइ मध्य नजर राख्दै “चाडवाडको कोसेली” भन्दै तिहार गीत ‘लौ फेरी आयो तिहार’को म्युजिक भिडियो भर्खरै युटुब मार्फत सार्वजनिक गरेका छन् र यस म्युजिक भिडियोको सम्पूर्ण छायांकन अष्ट्रेलियामै गरिएको हो ।

यस तिहार गीतमा रेणुका देवी निरौलाको शब्द र देवेन्द्र नेवाको एरेन्ज लगतै आरसी थापाको निर्देशनमा तयार पारिएको यस गीतमा स्वर र संगीत आफै निरौलाको गर्नु भएको छ ।
अष्ट्रेलियाको दक्षिणी राज्यमा बसोबास गर्न स्थानिय दर्जनौ नेपाली कलाकारहरुको सामुहिक प्रस्तुति रहेको गीतमा नेपाली मौलिकता, परम्परागत भाषा र हाम्रो पर्वहरुलाई विश्वको कुनैपनि कुना रहेर पनि मनाउनु पर्छ जोगाई राख्नु पर्छ भन्ने सन्देश यस म्युजिक भिडियो मार्फत दिन खोजिएको छ भन्ने देखिन्छ। गायक डा. राम कृष्ण निरौला पछिल्लो समय काजिको घोडा नामक गीत ल्याएर चर्चामा आएका थिय भने यस पटक निरौलाले तिहारको गीत बजारमा ल्याएका हुन् ।

हेरौ प्रवासी भूमिमा पनि स्थानिय नेपाली स्रोत र साधनको भरपुर प्रयोग गरेर बनेको यो म्युजिक भिडियो आखीर कस्तो बनेको रहेछ त् ।