माया प्रितीको लहरले यस्तो बनायो ‘गुराँस जस्तै दलेर लाली’ म्युजिक भिडियो सार्बजनिक

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा बिभिन्न जेनराका म्युजिक भिडियोहरु बजारमा आई रहेका छन् | भिडियोको महासंजाल युट्युबको ब्यापकतासंगै नेपाली संगीत र भिडियोहरुले दर्शक श्रोतालाई अझ नजिकबाट छुन सकेका छन् |

यसै क्रममा उदाउदै गरेका गायक, नेपाल आइडल सिजन १ का प्रतिष्पर्धी समेत रहेका निशान ढकाल ‘रियाज’को सुमधुर स्वरमा सज्जित गजल गित ‘गुराँस जस्तै दलेर लाली’ को अफिसियल म्युजिक भिडियो सार्बजनिक गरिएको छ |

सरोज भण्डारी ‘सर्वहारा’का मर्मस्पर्शी शब्द तथा हरि लम्सालको माधुर्य संगीतमा सज्जित गजल गितको भिडियो गुल्मी जिल्लाको शान्तिपुर क्षेत्र आसपास अन्तर्गत शान्तिपुर बजार, अर्जेवा झरना,रुपाकोट सोता, लगायतका अतिनै रमणीय स्थलमा खिचिएको छ |

गुरुकृपा डिजीटेकको दृश्यनिर्माणमा तयार उक्त भिडियोलाई कमल खत्रीले छायांकन गरेका छन् भने राजु क्षेत्रीले सम्पादन गरेका छन् | भिडियोमा रमन खान र प्रतिक्षा शर्माले अभिनय गरेका छन् |

यस अघि मेलिना राईको ‘म भन्दा नी’ बोलको गित तथा कालीप्रसाद बास्कोटाको ‘साईली’को कभर भिडियो निर्देशन गरेका नविन थापाले यो भिडियोलाई निर्देशन गरेका हुन् | प्रेमिल कथा बोल्ने गितको भिडियो निकैनै उत्कृष्ट बनेको निर्माण पक्षले जनाएको छ । गुरुकृपा डिजीटेकको अफिसियल युट्युब च्यानलबाट भिडियो सार्बजनिक गरिएको छ |

हेर्नुहोस ‘गुराँस जस्तै दलेर लाली’को अफिसियल भिडियो :