बिज्ञानको चुनौती बनेकी अनिता मूर्जानीमा पाँच हप्तामा घटित विस्वलाई चकित पार्ने तीन घटना

२००६ को मार्चको पहिलो हप्तादेखि एप्रिलको दोश्रो हतासम्मको पाँच हप्तामा विस्वलाई चकित पार्ने तीन घटना घटित भए सिंगापुर जन्मेर हंगकंगमा बसोबास गरेकी भारतीय मूलकी अनिता मूर्जानी मार्फत । २००२ देखि क्यान्सर पीडित २००६ मा क्यान्सरको चौथो स्टेजमा पुगेकी अनिताको शरीर पुरै सुके तापनि शरीरमा लिम्फोमा क्यान्सरका कारण फोकाहरु देखिन्थे । एकदिन डाक्टरले २४ घण्टा जती उनी बाँच्ने जानकारी दिंदै आफन्तहरुलाई खबर गर्न भने अनुरुप उन्का श्रीमानले नजिकका सबैलाई खबर गरे । डाक्टरले भने अनुसार नै अनिताका सबै अंग प्रत्यंगहरु काम गर्न बन्द भएको जानकारी दियो कम्पुटरले । उनी २ फेब्रुअरीमा ३० घण्टा कोमामा रहिन । रुवाबासी चल्यो आफन्त बीच ।

यस्तैमा अच्चम्म भयो – कम्पुटरले उन्का अंग प्रत्यंगले काम गर्न शुरु गरेको जानकारी दियो । अस्पातलमा हस्याङफस्यांग र दौडधुप शुरु भयो । अनिता मृत्युबाट फर्किन र उनी त्यही अस्पतालमा उपचारमा रहिन ।

दोश्रो आस्चर्य, चार दिनमा उन्को शरीरका ट्युमरहरु ७० प्रतिशत हराउँदै गए भने पाँच हप्तामा क्यान्सरबाट पूर्णत: मुक्त भइन् र अस्पातलबाट छुटकारा पाइन्, तर मांशपेशीहरुलाई तन्दुरुस्त बनाउन केही महिना फिजियोथेरापीमा रहिन उनी ।

तेश्रो आस्चर्य, अनिताले उनी कोमामा रहँदा उन्को रेखरेखमा रहेका डाक्टर नर्सहरुका बीच भएका सबै कुराकानी, अाफ्ना भाई भारतबाट कुन प्लेनको कुन सिटमा बसेर कुन टिकटमा आएका, आमा कुन ट्रेनबाट आउँदा साथमा आउनेसंग गरिएका कुराकानीहरु सबै जस्ताका तस्तै बताइदिइन ।

उनी अचेत रहेको अवस्थामा उनी अर्को लोकमा मृत्यु भैसकेका आफ्ना बुवा र नजिकका साथीहरुसंग भेट्न पुगिन । त्यहाँ उनीहरुले उन्लाई आफ्नो शरीरमा फर्कन भने, तर उन्ले इन्कार गरिन रोगैरोगले ग्रस्त शरीरमा फर्कन । उनीहरुले सो शरीर ठीक हुने र डरमुक्त जीवन जिउनका लागि फर्कन भनेपछि उनी आफ्नो पुरानै शरीरमा फर्किन ।

अनिताले आफूले मृत्युको यात्रा गर्दाका अनुभवहरुलाई डा जेफ्री लङ र उन्की श्रीमतीद्धारा सन्चालित Near Death Experience Research Foundation (NDERF) साइटा मार्फत सार्वजनिक गर्न शुरु गरिन । उनीसंग सम्बन्धित यस्तै बिषयबस्तुमा केन्द्रित भएर हङकङको एउटा विस्वबिद्यालयको Department of Behavioral Sciences का बिद्यार्थीहरुलाई नियमित रुपमा लेक्चर दिन थालिन् ।

उक्त साइट मार्फत अनितालाई विस्वभरीबाट प्रश्नहरु आउन थाले । यस किसिमका सामग्रीहरु हजारौं भए तापनि अनिताका सामग्री भाईरल जस्तै हुन थाले ।

अमेरिकी लेखक डाक्टर वाइन डायरले आफ्ना प्रकाशकलाई अनितालाई संपर्क गरी उन्लाई आफूहरुले प्रकाशित गर्ने गरी पुस्तक लेख्न लगाउन भने । मार्च २०१२ मा उन्को प्रकाशित Dying to be Me पुस्तक बजारमा आएको दुई हप्तामा नै The New York Times bestsellers list मा पर्न सफल भयो । उनी अब विस्वस्तरीय संचार जगतको आकर्षणको केन्द्रमा रहिन । हाल उनी intercultural consultant for multinational corporations का रुपमा समेत काम गर्छिन ।

यस्तै घटनाको अर्को शक्तिशाली उदाहरण:
न्युरोसर्जन डा इवेन अलेक्जाण्डर २००८ मा मेनेन्जाइटिसका कारण अस्पातलमा मरेपछि उन्ले पनि मरिसकेकी तर अर्को लोकमा रहेकी आफ्नी बहिनीलाई भेटेपस्चात बहिनीको आग्रह अनुसार आफ्नो शरीरमा फर्केपछी २०१२ मा Proof of Heaven: A Neurosurgeon’s Journey into the Afterlife पुस्तक लेखे जुन The New York Times Best Seller list मा ९७ हप्तासम्म रहिरह्यो जुन पुस्तकको महत्वपूर्ण सन्देश हो consciousness is independent of the brain and that death is a transition phase into another realm अर्थात उक्त पुस्तकले जोड दिएको सन्देश हो science can and will determine that the brain does not create consciousness and that consciousness survives bodily death. उन्ले २०१४ मा अर्को पुस्तक लेखे The Map of Heaven र यो पुस्तकमा उन्ले आफ्नो पहिलो पुस्तकमाथि दावी गरिएको कुरामाथि नै थप जोड दिने काम गरे । र, तेश्रो पुस्तक लेखे आफ्नो २००८ देखिको जीवन यात्रालाई समेटेर ।

शरीर र मनले काम नगरेको बेला पूर्णतया काम गरिरहने त्यो बस्तुलाई पूर्बीय दर्शनमा कतै चेतना र कतै आत्माको रुपमा उल्लेख गरिएको छ र यस्लाई बिचार, बुद्धि, तर्क, गणित, भावना, सपनाहरुले छोपिदिन्छन । बिचार गर्ने बित्तिक्कै पुरानो कुरा मात्रै आउँछ, चेतनासंग सम्बन्ध कायम हुने बित्तिक्कै मौलिक कुराहरु आउँछन । बिचारको स्तरमा पीडै पीडा हुन्छ भने चेतनाको स्तरमा आनन्दै आनन्द । हामीले भोगिरहेको जीवनभन्दा पर सास्वत जीवन छ जुन न त मर्छ न त फेरिन्छ । उक्त ढकनीहरु तोडेर चेतनासंग साक्षात्कार गर्नेलाई न त मृत्युसंग डर हुन्छ न त संसारसंग मोह हुन्छ । सबैसंग हुने तर थुनिएर बसेको चेतनासम्म पुग्ने उपाय समाधि हो जस्लाई मृत्युमाथिको बिजय पनि भनिन्छ । बिचार, बुद्धि, तर्क र गणित बिज्ञानको महत्वपूर्ण अंश भएको, तर यी कुराहरु पनि चेतनासम्म पुग्ने बाटो छेक्ने ब्यबधान भएकोले नै चेतना वा आत्मा बिज्ञानको लागि फलामको च्युरा भैरहेको छ । समाधि बाहेक अनिता र अलेक्जाण्डरको जस्तै यदाकदा हुने यस्तो घटना पनि त्यहाँसम्म पुग्ने उपाय हो । पछिल्लो परिच्छेद् मेरो ब्यक्तिगत अनुभवको आधारमा नभएर पूर्बीय दर्शनको आधारमा हो ।

रामकुमार श्रेष्ठको फेसबुकबाट फेसबुक लिन्क