शान्ति नेपाली समाज बेलायत दशैं तिहार शुभकामना मनोरंजन सॉझ भव्य रुपमा सम्पन्न (भिडियो र फोटोफिचर सहित)

युके, वेस्ट मिडल्याण्ड वर्मिङ्घममा रहेका नेपाली समुदायले एक भव्य कार्यक्रमको आयोजना गरेर बडा दशैं मनाएका छन । शान्ति नेपाली समाज बेलायतको आयोजनामा अक्टोबर २२ गते बडा दशै, शुभकामना आदान प्रदान तथा दिपावलीको शुभ अवसर पारेर भव्य कार्यक्रम सम्पन्न भएको हो र नेपाली नेपाली बीच भावनात्मक संबन्ध बढाउनका लागि यस पालीको दशै कार्यक्रमले गहन भूमिका निर्वाह गरेको थियो। उक्त कार्यक्रम बेलुका ५ बजे देखि बेलुकी ११ बजे सम्म संचालन गरीएको थियो।

उक्त कार्यकर्ममा वेस्ट मिडल्याण्ड नौमती बाजा गाजा सहित कलाकार हरुको भब्य रुपमा स्वागत भयको थियो भने नौमती बाजामै दोहरी घम्सा घम्सीको निक्कै एक बिशेष प्रस्तुती पनि देखा परेको थियो ।

दशैं तिहार शुभकामना सॉझ २०७५ कार्यक्रममा नेपालबाट पारिवारिक भेटघाटमा आउनु भएका जेष्ट नागरिक घनश्याम घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको बिशेष अथिति प्रसान्त ढकाल थिए । शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिला बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वेस्ट मिडल्याण्ड रहेका सवै नेपाली संघ संस्थालाई निमन्त्रणा गरिएको थियो ।

उक्त कार्यक्रममा अधिकांस संघसँस्थाको प्रतिनिधि हरु को उपस्थिति रहेको थियो। एनआरएनए अभियन्ता कृष्ण तिमिल्सेना, एनआरएनए युकेका सचिब तारा भण्डारी, सृजनशिल नेपाली समाज लेष्टर, पिटरवोरो नेपाली समाज, गोल्कट समाज बेलायत, साझा नेपाली समाज लगायतको संघसँस्थाहरुका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

संस्थाकी उपाध्यक्ष श्रीमती जयन्ति थापाले स्वागत मन्तव्य दिएकी थिइन् भने उक्त कार्यक्रममा नेपाल र बेलायतमा रहेका चर्चित लोकप्रिय कलाकार मनसुदन थापा लोकप्रिय चर्चित गायिका कला लम्साल र सुशिला गौतमले आफ्नो सांगीतिक प्रस्तुतिले दर्शकहरुको मन जित्ने गरि भब्य मनोरंजन दिएका थिए ।

औपचारीक कार्यक्रमको संचालन समाजका सचिव प्रबिण खराल ले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको संचालन बिनोद थापाले गरेका थिए । कार्यक्रममा करिव ४ यस भन्दा बढीको उपस्थिती रहेको थियो।

मिडिया संबन्धित भिडियो र फोटोशूटमा स्कटनेपाल डटकमका संचालक टिका अधिकारीले देख रेख गर्नु भएको थियो र भक्त खत्री, महेन्द्र भुसाल , टेक मान सिंजाली कारण खत्री , टिका सहानी , पूर्ण लाल सापकोटा , टिका भण्डारी , तुलक रेग्मी लगायतको सक्रियतामा खानको व्यवस्थापन गरिएको थियो।

बाकी फोटो र भिडियो हरु आफै बोल्छन तल हेर्नुहोला ।