डर्बी गोर्खा नेपाली कोम्युनिटिले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम (भिडियो र फोटोफिचर सहित)

हरि भट्टराई, डर्बि बेलायत
१४ अक्टोबर २०१८ को दिन डर्बी गोर्खा नेपाली कोम्युनिटिले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सप्पन्न भयेको छ।
डर्बी सिटि काउन्सिल का मेयर माहमहिम Mike Carr र मयेर श्रीमती cilla Carr मुख्य अतिथि रहनु भयेको कार्यक्रम साझ ५ बजे देखी राति १२ बजे सम्म वेस्ट इन्डियन हलमा निकै हर्ष उल्लासका साथ मनाइयेको थियो।

कार्यक्रम मा संस्था का सचिब हरि भट्टराई ले हेल्थ एन्ड सेफ्टी संबधी जानकारी गराउनु भयेको थियो भने अध्यक्ष श्री चन्द्र थापा र डर्बी मेयर Mike Carr ले पानस मा दियो जलाइ कार्यक्रम को औपचारिक उद्घाटन गर्नु भयेको थियो।

कार्यक्रम सन्चालन रितु रिजाल र चिराग राना ले गर्नु भयेको थियो। ईंग्लिश र नेपालिमा संचालित कार्यक्रम मा रितु र र्चिरागले निकै राम्रो शीत सन्चालन गरेका थिये। नेपाली र ईंग्लिश रास्ट्र गान बजायेर कार्यक्रम को अध्यक्ष चन्द्र थापाले स्वागत मन्त्ब्य राख्दै उपस्थिति सम्पुर्णमा दशै र तिहारको हार्दिक मंगलमय शुभकामना ज्ञापन गर्नु भयेको थियो भने स्थानीय कलाकार हरुले नेपालको झल्को मेटिने गरि आ आफ्नो कला प्रस्थुती गरि सम्पुर्ण उपस्थित माहानुभाब लाई मनोरञ्जन गराउनु भयेको थियो।

कल्चर सेक्रेटरी यम राना र राजेश मल्लको सल्लाह र सुजाबमा चलेको कल्चर प्रोग्राम निकै भब्य र सब्य थियो। कार्यक्रम येति रमाइलो थियो कि २ घन्टाको लागि मात्र भनेर पाल्नु भयेको बिशेश अतिथी मेयर कार्यक्रम सकिए पछि मात्र बिदाइ हुनुभयेको थियो।

कार्यक्रममा आफ्नो कला र संस्कृति देखाउने सम्पुर्ण कलाकार र भर्खरै बिश्वाबिध्यालय बाट डिग्री प्राप्त गरेका विद्यार्थी मोहित माल्ल र बिन्दु राई लाई समाजका अध्यक्ष चन्द्र थापा र माहामहिम डर्बी मेयरले प्रमाणपत्र र सम्झनाको चिनो हस्तान्तरण गर्नु भयेको थियो भने प्रमाणपत्र बनाउन र कार्यक्रम सफल बनाउनमा समाज का कोषाध्यक्ष श्री नवराज ठकुरी मल्लको निकै ठूलो योगदान थियो।

निकै स्वादिलो खानाको ब्यबस्थापन हिमालयन गोर्खा रेस्टुरेन्ट डर्बीले गरेको थियो भने कार्यक्रम लाई भरपुर मनोरञ्जन दिनको लागि डिजेमा निबर्तमान अध्यक्ष श्री दुर्गा सिंह रानाले सहयोग गर्नु भयेको थियो। कार्यक्रमको समापन सम्पुर्ण उपस्थित माहानुभाबहरु तथा कलाकार लाई धन्यवाद दिदै समाजका सकृय सदस्य श्री राजेश मल्ल ज्युले गर्नु भयेको थियो। कार्यक्रमको अन्तिममा विशेष नेपाली र अरु मिक्स म्युजिक लगायेर नाचगान गरि भब्य र शब्य रूपमा नेपाली हरुको महान चाड दशै र तिहार मनाइयो।