सुशीला गौतम, सिता केसी र बालचंन्द्र बरालले स्कटल्याण्डको डमफरलैण्ड फाईफमा बबाल ।।।

नेपाली हरूको महान चाड बडा दशैँको पावन अवसरमा स्कटल्याण्डको डमफरलैण्ड मा नेपाली फाईफ कम्युनिटि द्वारा २०१८ रमाइलो दशैँ कार्यक्रममा लोक गायिका र गायक सुशीला गौतम, सिता केसी र बालचंन्द्र बरालले लोक दोहोरी तथा नौमती बाजाको भव्य धमाका का साथ सम्पूर्ण स्कटलैन्ड बासीहरूलाई नचाउनका साथै निसुल्क रात्री भोजको आयोजना भव्य रुपमा मनाएको छ।उक्त कार्यक्रम फाईफस्थित काशी राम भण्डारी को सिमला प्यालेस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा स्थानीय, नेपाली तथा अन्य समुदायका आगन्तुकहरुको सहभागिता रहेको थियो । कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय कम्युनिटीसंग सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा यस सस्थाका आयोजक बताउँछन्।यस कर्यक्रम को सम्योजक कृष्ण भण्डारी, दिवाकर पाण्डे र कृष्ण अर्यालले गर्नुभएको थियो भने संस्थाका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो। उक्त कार्यक्रममा स्कटल्याण्डका विभिन्न शहर देखि नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। कर्यक्रमको पहिलो चरन आयोजक द्वारा नेपाल देखि आएका गयिका, गायक, अतिथि तथा आगन्तुक हरु लाई स्वागत सम्मान संस्थाका अध्यक्ष द्वारा गर्नुभएको थियो। बर्तमान अध्यक्ष तथा प्रमुख अतिथी लोक गायिका तथा गायक सुशीला गौतम, सिता केसी र बालचंन्द्र बराललेद्वारा सस्थाको प्रसँसा, प्रगतिका साथै सुमधुर सम्बन्ध अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। कार्यक्रमको सुरुमा बाल कलाकार द्वारा अति सुन्दर नृत्य तथा स्कटल्याण्डका लोकल कलाकार लोक गायक रमेश भण्डारी, अतिथि गायक गायिका का साथ बेजोड प्रस्तुतिका साथ नौमती बाजाको बेजोड प्रस्तुतिले सम्पूर्ण दर्शक हरू खुसिले उर्लेका थिए। साथै डीजेका डीजेनाइटले कार्यक्रम अझ रोमान्चक बनाएको थियो। आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी द्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने नेपाल खानाको प्रसँसा र खाना उपलब्ध गराउने रेस्टुरेन्टलाई धन्यवाद दिएका थिए। यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परागत लोक दोहोरी मनाउने कार्य भएकोमा र नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ। धन्यवाद।। ।