अशोकको घरको काण्डमा टिका बुढाथोकी संग भयो झम्टा झम्टि , यस्ता शर्त सहित निस्कर्षमा पुग्यो छलफल (भिडियो सहित )

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो । चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।

तर अहिले अशोकका आमा र बुबाको दिनहुको झगडाले छरछिमेकहरुलाई अप्ठ्यारो परेको एक भिडियो बाहिरिएको छ । छिमेकिहरुले सधै झगडा गरेको गुनासो सुनाएका छन् । अशोक दर्जीको घरमा आमा बुबाको झगडाले छिमेकिहरु असन्तुष्टि भएका बताएका छन् । असोकको परिवारको झगडाको भिडियो अहिले भाईरल बनिरहेको छ कतिपयले घराएसी झगडालाई यसरि सामाजिक संजालमा राख्नाले नकारात्मक संदेश जाने बताउछन । त्यस्तै भिडियो बाहिरिएपछी टंक बुढाथोकीका दाइ टिका बुढाथोकीले झापा पुगेका छन् । अशोक दर्जीका बुबा आमाले अब फेरी यस्तो गल्ति हुदैन भनेर माफी मागेका छन् साथै टिका बुढाथोकीले समाजमा आफ्नो भनाइ कडाइ रुपमा प्रस्तुत गरेका छन् ।
[youtube https://www.youtube.com/watch?v=dCVdqrI6Uas]

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.