ख्याती प्राप्त नेपाली कलाकारहरुको प्रस्तुति अमेरिकाको वाशिङटन डिसीमा कलिवुड नाईट बिशेष सांस्कृतिक साँझ भब्य रुपमा सम्पन्न

स्कटनेपाल,

अमेरिकाको वाशिङटन डिसी नजिकै भर्जिनियाको अनेन्डेल शहरमा ख्याती प्राप्त नेपाली कलाकारहरुको प्रस्तुति कलिवुड नाईट बिशेष सांस्कृतिक साँझ भब्य रुपमा सम्पन्न भएको छ ।

चलचित्र नायकहरु सरोज खनाल, किरण प्रताप केसी र रीमा केसीको भुकम्प नाटक, लोकप्रिय नायिका एबम नाचमा पोख्त सारङ्गा श्रेष्ठ र कोरियोग्राफर एबम धेरै चलचित्रमा न्रित्य निर्देशन गरेका हस्ती नबिन केसीको नाच, नबिन केसी र चर्चित कोरियोग्राफर एबम न्रित्य निर्देशक लुना श्रेष्ठको नाच, लोक तथा दोहोरी गायक राम प्रसाद खनालको पञ्चेबाजाको गीत, पप क्षेत्रका हस्तिहरु सन्जिप प्रधान र सरिस्मा आमात्यका गीतहरु कार्यक्रमका
मुख्य आकर्सण थिए ।

यसै गरी कार्यक्रममा हाँस्य कलाकारहरु पुश्कर पन्त र अर्जुन दाहालको हांस्यब्यङ्ग, सुपर ममहरुको नाच, बाल बालिकाका नाच, सुनिक्षा मैनाली र राहुल केसीको नाचहरु प्रस्तुत गरिएका थिए । केसी डान्स सेन्टरका संचालक नबिन केसी र लुना श्रेष्ठले आगन्तुकलाई स्वागत गर्नुभएको कार्यक्रम परशु तिमल्सिना र सुजिता बस्नेतले सन्चालन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सबै कलाकारहरुले मंचबाट दर्शकहरुलाई दशै को शुभकामना शाहीत बिदाइ गरेका थिए । कार्यक्रमका तस्वीरहरु यसरी आफै समाचार बोल्छन :