३६५ जना गायक-गायिकाले एकै समूहमा गीत गाएर विस्व किर्तिमान

नेपालीहरुले २५ आस्विन, २०७५ बिहीबारका दिन नयाँ विस्व किर्तिमान कायम गरेका छन् । किर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित एक कार्यक्रममा ३६५ जना गायक-गायिकाले एकै समूहमा गीत गाएर विस्व किर्तिमान कायम गरेका हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे, उदित नारायण झा लगायत ३ सय ६५ जना ख्यातीप्राप्त नेपाली गायक/गायिका एवं संगितकर्मी कलाकारहरुको स्वरमा ३३ मिनेट ४९ सेकेण्डको वातावरणसम्बन्धी गीतका लागि विस्व किर्तिमान राखेका कलाकारहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले एक कार्यक्रमकाबिच प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रम दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजना गरिएको थियो ।

जर्मनबाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरी वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्धेस्यले नेपाल फर्केका निपेश ढाकाले ६५ वटा जिल्लाको भ्रमण गरी तयार पारेको वृत्तचित्रमा समावेश ३३ मिनेटको गीति सन्देशका लागि सामुहिक गीत गाइएको थियो जुन अाजभन्दा दुईबर्ष अगाडि नै रेडियो नेपालमा ३६५ जना ख्यातीप्राप्त कलाकारहरूद्वारा एकैदिनमा गाएर “गिनीज बुक अफ वल्ड रेकर्ड” विस्व किर्तिमान कायम गर्न सफल भएको यो गितका गायक, गायिकाहरू र सहयोगी भूमिका खेल्नेहरूलाई गिनीज बुक अफ वल्ड रेकर्डको औपचारिक प्रमाण पत्र बितरण कार्यक्रम भने हिजो आयोजना गरिएको थियो ।

विस्व किर्तिमान रच्न सफल यो गीत वातावरण र जलवायु परिवर्तनबारे जनचेतनामूलक गीत हो ।

गिनिज बुक रेकर्डमा दर्ता प्रक्रियामा रहेको उक्त गीतको एल्बम बिमोचन भने २०७४ सालमा आर्मि अफिसर्स क्लबमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट गराईएको थियो ।

हरेक क्षेत्रमा युवाहरु यसरी राम्रो सकारात्मक काममा कृयाशिल र सफल हुनु राष्ट्रिय गौरबको बिषय हो र सबै धन्यवाद र बधाईका पात्र छन ।

 

 

 

 

 

 

रामकुमार श्रेष्ठको फेसबुक वालबाट साभार