थोरै अंक आएपछि बिद्यार्थीको ढाडमा लाठी र कुच्चोको निल डाम, बिद्यार्थीले मच्चाए हंगामा (भिडियो)

बिद्यार्थीहरुको बीचमा एउटा प्ले कार्ड देखा पर्छ । ‘उत्तरपुस्तीकाको इ र कुच्चोको निल डाम दुबै चेक गरिदेउ’ । यो घटना पोखराको हो । पोखरा आसपासका विद्यालयहरुका विद्यार्थीको नतिजा गलत आएको र राष्ट्रिय परिक्षा बोर्डले चरम लापरबाही गरेको भन्दै राष्ट्रिय परिक्षा बोर्डको पोखरास्थित कार्यालयमा प्रर्दशन सहित विरोध गरेका छन् । विद्यार्थीहरुले आफुहरुले परिक्षामा राम्रो गरेपनि बोर्डको लापरबाहीका कारण नतिजा अप्रत्याशित आएको जनाएका छन् ।
उनिहरुले आफुहरुको उत्तरपुस्तिका पुनः परिक्षणको माग गरेका छन् । उनिहरुले आफ्नो माग पुरा गर्न २ दिनको अल्टिमेटम दिएका छन् । विद्यार्थीहरुले बोर्डले विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको, मानशिक तनाव दिएकोले यसको क्षतिपुर्तीको माग पनि गरेका छन् । यो भिडियो हेर्नुहोस