दशैंको मुखैमा बहुचर्चित गायिका पूर्णकला बिसी र पुरुश्वतम सत्यालले गाए सारा प्रवासी नेपाली रूहाउने गीत

काठमाडौं – नेपालीहरुको महानपर्व बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा एमपी क्रियशनको प्रस्तुतिमा पुर्षोतम सत्यालको दशैँ तिहार गित”रुदै रुदै लागे प्रदेश”सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने कलाकार पुरुषोतम सत्यालको लय तथा मधुकर थापाको उत्कृष्ट शब्द भित्र रहेको यस गीतमा प्रदेशियाका गायक पुर्षोतम सत्याल र चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसीको सुमधुर आवाज रहेको छ । गायकले दर्जनौ भन्दा बढी गितमा लय संगीत तथा आवाज दिइसकेका छन् । पछिल्लो समयका चर्चित संगीत संयोजक केशब बडुले संगीत संयोजन गर्नु भएको यस गीतको निर्देशन भने भिम थापाले गरेका छन् । डीबी रौलेले छायांकन गरेको यस म्युजिक भिडियो सम्पादन भने रमेश पाल्पालीले गरेका छन् । यस म्युजिक भिडियोमा साया भण्डारी,मधुकर थापा मगर र अनु थापाको दमदार अभिनय रहेको छ । यस गीतका रचनाकार तथा गायक पुर्षोतम सत्यला यस गीतको बारेमा भन्नुहुन्छ – गरिबीको पिडा एकातिर थाति राख्दै जन्म दिने आमाबुवा र जीवन सगिनी र गाउअघरको माया चटक्क मार्दै आखाबाट बलिन्द्र आशुका ढिका खसाल्दै रुदौ रुदै प्रदेसिनुको पिडा एकतिर राख्दै गाउँघरमा दसैँको रौनक छाएको र दसैँ मनाउन सबै जना घर आउँदा पनि आफ्नो मायालु घर नआउँदा परदेशीले गाउँघर बिर्सिएको हो की भन्ने मायालुको आशंकासहितको भाव यो गीतमा व्यक्ति गरिएको छ ।
हेर्नुहोस भिडियो :