पहिलो पटक नेपाल फर्क भन्दै गाए अग्रज गायक दुर्गा रायमाझीले चेतनाको गीत-हेर्नुहोस कस्तो बन्यो भिडियो!

कमल सरगम। नेपाली लोक संगीत क्षेत्रका अभिभाबक,सबैको मन मुटुका सर्जक तथा लोकप्रिय गायक दुर्गा रायमाझीको चेतनामुलक मार्मिक लोक गीत “फर्क दाई फर्क”बिमोचन भएको छ।राजधानीको बानेश्वरमा रहेको होटल इन्द्रेणीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट रहनु भएको थियो।

उक्त कार्यक्रममा बिशेष अतिथिहरुको रुपमा नेपाली कांग्रेसका प्रभाक्ता विश्व प्रकाश शर्मा,बरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी,राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय अधक्ष्य बद्री पंगेनी,बरिष्ठ पत्रकार ऋषि धमला लगाएतका व्यक्तिहरुको उपस्थित थियो। उक्त एल्बम लोकार्पणमा सबैको प्रशंसा दुर्गा रायमाझीलाइनै रहेको थियो।

भिजन लुम्बिनीको अध्क्षय जगत बहादुर पोख्रेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एन आर एन ए का सहकोषाध्यक्ष शोम सापकोटा ले पनि विश्व भर उक्त गीतको प्रचारप्रसार गरि बिदेशिएका युवालाई आफ्नै देशमा उर्जा भर्न अनुरोध गर्ने बताए।कार्यक्रम संचालन भने सशी शर्मा बजगैयाले गरेका थिए।
विमोचित उक्त गीत हेर्नुहोस :