नेपाली हाँस्य टेलीशृंखला “ल्यांग ल्यांग भो” को पहिलो भाग आयो , अत्यन्तै कमेडी भिडियो हेर्नुस (भिडियो सहित )

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभिन्न बिसयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चलि आएका विभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले यो टेलीशृंखला “ल्यांग ल्यांग भो” मा प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

मनोरन्जनका लागि बनाइएको यो हाँस्य टेलीशृंखला “ल्यांग ल्यांग भो” को पूर्वका बिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको यो भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । शिशिर बुढाथोकीको निर्देशनमा बनेको यस हाँस्य टेलीशृंखला “ल्यांग ल्यांग भो” मा श्याम गिरिको सह निर्देशन तथा छायाँकन रहेको छ भने सबै पूर्वका कलाकार रहेका छन्।
[youtube https://www.youtube.com/watch?v=d915nQEl8h8]