एदी नेपाललाई साच्चीकै भ्रष्टचार मुक्त र विकसित देस बनाउने यँहाको लक्ष्य हो भने यस्तो गर्नुहोस

मीन बहादुर पण्डित,
सम्माननिय प्रधानमन्त्री ज्यु,

एदी नेपाललाई साच्चीकै भ्रष्टचार मुक्त र विकसित देस बनाउने यँहाको लक्ष्य हो भने, देस भर रहेका बुद्दीजीवी र बिज्ञहरू बोलाएर प्रत्येक महीना एक दिन छलफल चलाउनु होस । छलफललाई प्रत्यक्ष टीवीमा देखाउनु होस । अनी छलफलमा प्राप्त भएका उचित सुझावलाई लीपीबद्द गरेर क्रमस लागू गर्दै जानु होस । भाषण, प्रतिबद्दता, उदघाटन र सील्यान्यासले देस कदापि बन्दैन । कीनकी अहिले सम्मका प्रमहरू यसैमा अल्झिएर बसे । साथै आजको सूचना र प्रबीधिको युगमा प्रम कार्यलयको सहयोगमा संसार भरी रहेका नेपाली बुद्दीजीवीलाई skypeको प्रयोग गरेर कार्यलयमैं बसेर live छलफल गर्नुहोस । छलफलको बिषय, कसरि भ्रष्टचार रोक्न सकींछ ? कसरि देस विकास गर्न सकींछ ? संभाबन क़ुन क़ुन क्षेत्रमा छन ? पर्यटन उध्योगलाई कसरि बड़ाऊने ? के गर्दा रोज़गारी सृजना हुंछ ? सांति सुरक्षा कसरि क़ायम गर्न सकींछ ? कसरि विदेशी लगानी र प्रबीधि भित्र्याउने ? कसरि व्यापार घाटा कम गर्ने ? अपार प्राकृतिक श्रोत र साधनलाई कसरि देस विकासमा प्रयोग गर्ने ?आदि आदि ।

साथै १५ दीन भित्र प्रदेसले नाम र राजधानी तोकि सक्नु पर्ने कड़ा निर्देसन दिनुहोस । नाम राख्न नै एक बर्स लगाउनु त अती हस्यादपद र असक्षम जस्तो भयो । अनी प्रत्येक ३ महीनामा सरकारको कामको लेखा जोखा गर्नुहोस, ता की क़ँहा कमज़ोरी भयो र अब क़सरी सुधार गर्न सकींछ भनेर आइडिया र समाधान मिलोस । देस विकासको स्पष्ट भिजन र त्यसलाई पूरा गर्ने सरकारको दरो मिसनका लागी कर्मचारीहरूलाई मोटीभेसन तालीम दिनुहोस । राम्रो काम गरे पुरस्कार र ख़राब काम गरे दण्ड जरिवाना गर्नुहोस । साथै बेला बेलामा विपक्षी राजनीतिक पार्टी संग पनी सरकार संचालन र देस विकासका बारेमा छलफल चलाउनु होस । साथै रास्टीय पत्रिकामा कसरि देस विकास गर्न सकींछ भन्ने बिसयमा सधै एक पानामा सर्बसाधारणको धारणा (स्थम्ब) प्रकासित गर्ने र त्यसलाइ प्रम कार्यलयले अध्यन गर्ने अनी उत्कृष्ट आइडिया दीनेलाई सम्पर्क गरेर उसको क्षमताको सदुपयोग गर्ने हो भने भ्रष्टचार खतम गर्न र देस बिकास गर्न गाह्रो होला जस्तो मलाई चाहीं लाग्दैन । तर झीना मसिना कुरामा अल्झेर बाद विवाद र प्रतिबादमा लागेर देस विकास हुदैन । बरु पार्टीका आधीकारिक कुरा पार्टी प्रवक्ताले मात्र भन्ने, अनी सरकारका आधिकारिक कुरा सरकारका प्रवक्ताले मात्र भन्ने सिस्टम पूर्ण रूपले पालना हुनु पर्यो । जथा बाबी बोल्दै हीडने हो भने न पार्टीको हित हुंछ, न त देसको नै । बेकार द्रन्द, अबिस्वास र विवाद मात्र बडछ ।

अनी सम्पूर्ण सरकारी कार्यलयमा CCTV र इलेक्ट्रॉनिक हाज़िर मेसिन अनिबार्य गराउनु होस । सम्पूर्ण कारोबार अनलाइन वा कम्प्यूटरको प्रयोग गर्नु पर्ने, सुपरमार्केटले जस्तो नगदको सट्टा ATM बाट सरकारी सुल्क चार्ज गर्ने सिस्टम गरे राज़श्व सिधै बैंकमा जम्मा हुने थियो । ता की रक़म हिनामीना हुन पाउदैंनथ्यो । अर्कों मुख्य कुरा नेपाल बन्दले पर्यटन उध्योगलाई ठूलो घाटा पुर्याउछ, र संसार भर नकारात्मक संदेस जांछ, त्यसैले नेपाल बन्द गर्न नपाइने कड़ा क़ानून लागू गर्नुहोस । प्रजात्रान्तिक ब्यावस्थामा पनी के को नेपाल बन्द ? यो त नेपाल अस्तिर पारेर बिदेसी संग फाइदा लिने मेलो मात्र हो । यत्ति कुरामा ध्यान दिए नेपाल बन्थ्यो की ?