नेपाल आइडल र नेपाली एडेलहरु

[यो सामग्री पठनीय भएको कारण रामकुमार श्रेष्ठको फेसबुक वालबाट लिएर जानकारीको लागि राखिदिएका छौं । – सं ]

करीब डेढ बर्ष अघि बर्तमान नेपाली सांगितिक क्षेत्रका एक चर्चित ब्यक्तित्व सोनुप पौडेल भाईले एउटा गीतको प्रसंशा गरेर गर्नु भएको पोस्टको लिंक मार्फत एउटा गीतमा पुगें उहाँले प्रसंशा गरिने गीत सामान्य हुने भन्ने कुरै नभएकोले । सो गीतभित्र पसेपस्चात त्यस्लाई मैले धेरै पटक हेरें । नेपाली मूलको नयाँँ पुस्ताद्धारा गाइएको बिशेषत: सो गीतको १:४५ र २:१० समयको वरिपरिको केही सेकेण्डका क्षणहरु अत्यन्तै सेन्सेसनल छन । सोनुप भाईको स्टाटसलाई आधार बनाएर सो गीतको बारेमा समाचार पनि प्रकाशित भए । अभिशेक गुरुङ र कामाक्षी राईद्धारा गाइएको Meghan Trainor को यो गीत better than original भन्ने कमेण्टहरु पनि देखिए । सो गीतको लिंक जानकारीको लागि https://www.youtube.com/watch?v=DLR6lg39UBY

सन २००१ मा वेलायतबाट शुरु गरिएको पप आइडल १६ बर्षपछि नेपालमा शुरु गरिएपस्चात दोश्रो सेसनमा आइपुग्दा नै यस्ले ठूलो फड्को मारिसकेको देखिन्छ । दोश्रो सेसनको अहिलेसम्ममा बाँकी रहेका र बिदा भएका स्वस्तिका बराल, रमिता शर्मा लगायत केही कलाकार अब्बल दर्जाका कलाकारको हैसियतको रुपमा स्वीकार्न निर्णायक् मण्डल हिचकिचाएका छैनन । त्योभन्दा अगाडी बढेर न्ह्यू बज्राचार्यले त देशले १०-१२ बर्षमा एउटा कलाकार जन्माउनेमा त्यो कलाकार यो समूहबाट पाउन सक्ने संभावनातर्फ समेत इंगित गर्नु भएको छ । यदि यो कार्यक्रम शुरु नहुँदो हो त यी सबै सांगितिक युवा निधिहरु सीमित समुदायमा नै सीमित हुन सक्थे । यही कार्यक्रमकै कारण यी कलाकारहरु सार्वजनिक मात्रै भैरहेका छैनन कि नयाँ पुस्ताका यिनीहरुले पुराना पुस्ताका अमूल्य निधिहरुलाई नयाँँ पुस्ताको बीच थप जीवन्त बनाउने महत्वपूर्ण सेतुको रुपमा समेत काम गर्दैछन ।

अभिशेक गुरुङ र कामाक्षी राईको प्रस्तुतिलाई केहीले better than original भने जस्तै नेपाली सांगितिक दुनियाँका अत्यन्तै चर्चित पुराना गायकहरुले गाएका गीतको कतिपय नेपाल आइडलका प्रतियोगीका प्रस्तुतिलाई निर्णायक मण्डलका सदस्यहरुले प्राबिधिक कारणले गर्दा better than original नै भन्न अफ्ठेरो नै परे तापनि मूलभन्दा नराम्रो छैन भन्न कन्जुस्याइ नगरिएका उदाहरण केही नभएका होइनन यो सेसनमा । मिनराजको शुरुको प्रस्तुतिले मलाई पनि कता कता त्यस्तै भान दिलाएको थियो ।

बोल्ने स्वभाबका कारण निर्णायक मण्डलमा इन्दिराको लिडिङ रोल जस्तो देखिए तापनि नेपाली सांगितिक दुनियाँमा उपस्थिति मात्रैले ठूलो महत्व राख्ने नेपाली, नेपालभाषा र हिन्दीका दर्जनौं ख्यातिप्राप्त गीतहरु र चिनिया भाषाको गीतको समेत कम्पोज गर्ने न्ह्यू बज्राचार्य जस्तो ब्यक्ति र अहिलेको समयको थुप्रै अत्यन्तै चर्चित गीतहरुको कम्पोज गर्ने काली प्रशादको सहभागिताले पनि यो किसिमको वाताबरण सिर्जना हुन सहज भएको कुरालाई नकार्न सकिन्न ।

नयाँँ जमानामा पनि पुरानो शैलीको महत्व कम हुन सक्तैन भन्ने कुरा ३० बर्षिया वेलायतकी एडेलका गीतहरुले पनि प्रमाणित गर्दछ । उन्को गाउने शैली पुरानो पाराको जस्तो प्रतित हुन्छ र पनि उनी विस्वकै गायन दुनियाँका थोरै ब्यक्तिमा पर्छिन जस्का गीतहरु युट्युबमा हेर्नेको संख्या बिलियनमा हुन्छन र विस्वस्तरीय थुप्रै अवार्ड बिजेता उन्का बारेमा असाध्यै अनौठा दुई कुरा: गायनका क्षेत्रमा उनी खासै तालिम प्राप्त नभएर आँफै सिकेकी ब्यक्ति हुन पहिलो, र दोश्रो सामाजिक सन्जालबाट उनी बिल्कुलै टाँढा छिन् । उन्लाई आफ्नो गीतको प्रचार प्रसारको लागि सामाजिक सन्जाललाई प्रयोग गरिराख्नु पर्ने अवस्थाबाट उनी धेरै माथि छिन । उनी सामाजिक सन्जालमा प्रबेश गरेको सुइंको पाउने बित्तिक्कै एकाध घण्टामा मिलियन समर्थकको चापले ट्राफिकमा ब्यबधान सिर्जना गरिदिन सक्छ । राखिएको फोटोमा मिलियन लाइकको पछि लाग्ने कि वास्तबिक रेकर्डिङमा ध्यान दिने भन्ने उन्को भनाइ छ । यतिसम्म कि २०१५ डिसेम्बरमा “टाइम” जस्तो पत्रिकालाई समेत अन्तर्वार्ता दिन इन्कार गरिन ।

आशा गरौं कि नेपाल आइडलले यो पुस्ताका नेपाली कलाकारहरुको बीचबाट केही नेपाली एडेलहरु जन्माउने कार्यमा उत्प्रेरित र अभिप्रेरित गर्ने समेत भूमिका निर्बाह गर्नेछ ।

अलिकति सान्दर्भिक जानकारी: It is said that Simon Cowell is as popular as God in the present Musical World as he is the key architect of Pop Idol (first time debuted in 2001 in UK), the X Factor (first time debuted in 2004 in UK) and Got Talent (first time debuted in June 2006 in US and first time debuted in June 2007 in UK) and all these franchises are very popular all over the world and with millions and millions viewers every week.

Facebook Link