धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई नेता नेपालको सुझाव

स्कटनेपाल,

टेक्सास, पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । कार्यक्रम यु स्टाट अगेनसंग कुरा गर्दै पुर्व प्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताउनुभयो ।

सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको बताउंदै नेपालले नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सन्चालनका लागि पर्याप्त छलफलको अभाव भएको समेत बताउनुभएको छ । सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको बताउंदै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिनुभएको छ ।

दुई पार्टि बिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेता नेपालले एकता कमजोर नहुने बताउनुभयो । आफु ७० बर्ष पुग्ने समयसम्म सकृय राजनीति गर्ने नेपालले बताउनुभयो ।

प्रस्तुत छ कार्यक्रम यु स्टार्ट अगेनका लागि नेता नेपालसंग गरिएको कुराकानी ।