‘चिबोकका केटीहरू’ लिएर हिक्मत थापा आउँदै

काठमाडौँ १७ असोज २०७५,

गैर–आवासीय नेपाली सङ्घका कोषाध्यक्ष हिक्मत थापाको कविता सञ्चयन ‘चिबोकका केटीहरू’ असोज २७ गते शनिबार काठमाडौँमा सार्वजनिक हुदैछ । नाइजेरियाको बोर्नाे राज्यको चिबोकबाट सन् २०१४ अप्रिल १४ मा एक स्कुलबाट बोकोहरामद्वारा अपहरित २७६ स्कुले छात्राहरूमाथि लेखिएको शीर्ष कविताको शीर्षकबाट नै सञ्चयनको नाम राखिएको छ ।

सञ्चयनमा थापाले चालिसका दशकदेखि हालसम्म लेखिएका प्रतिनिधिमूलक कविताहरू सङ्ग्रहित गरिएका छन् ।

कविताहरू राष्ट्रप्रेम, प्रवासी पीडा र कविको सौन्दर्य चेतले भरिपूर्ण छन् । साङ्ग्रिला बुकले प्रकाशन गरेको ‘चिबोकका केटीहरू’को सम्पादन सुविद गुरागाईले गरेका हुन् ।