ठुलो धनराशी सहित “प्रथम राष्ट्रिय खुल्ला मेयर कप भलिबल प्रतियोगिता”हुदै , नेपालको जुनसुकै कुनाबाट सहभागी हुन् सकिने !

सर्लाहीमा ‘प्रथम राष्ट्रिय खुल्ला मेयर कप भलिबल प्रतियोगिता’ हुने भएको छ । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर २ को हजरिया खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । नेपालीहरुको महान चाड विजया दशमी, दिपावली, छठ तथा इद पर्वको पावन अवसरमा प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा देशभरीबाट सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ । सहभागिताको प्रवेश शुल्क नलाग्ने बताइएको छ । यस खेलको विजेताले नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । खेलमा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ ।

दोस्रो हुनेले ५५ हजार ५ सय ५५ नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । स्थानीय सेभेन स्टार युथ क्लबको आयोजनामा बरहथवा नगरपालिका-२ को हजरिया खेलमा मैदानमा असोज २६ गतदेखि सुरु हुने प्रतियोगिता ३० असोजमा समापन हुनेछ ।

प्रतियोगितालाई बरहथवा नगरपालिकाले पनि सघाएको छ । खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक बाबु काजी खड्का र युवराज बस्नेतले जानकारी दिएका छन् । खेलाडीहरुलाई आवास र बासको समेत व्यवस्था गरिएको उनिहरुले बताएका छन् ।