“मायाले छोडेर गयो” विनोद र रेखाको

लोकदोहोरी गायक तथा सर्जक विनोद रामदाम र गायिका रेखा गुरुङको “मायाले छोडेर गयो” बोलको गीतसार्वजनिक भएको छ । रमेश बिजीको शब्द र गायक विनोदको लय रहेको गीतको म्यूजिक भिडियो भावना म्यूजिक सोलुसनको प्रस्तुतीमा तयार गरिएको हो । म्यूजिक भिडियोमा विमल अधिकारी, साया भण्डारी, रिना मगर र सुरेश गुरुङले अभिनय गरेका छन् ।

म्यूजिक भिडियो  ः
[youtube https://www.youtube.com/watch?v=v_f2xPpww_0]

आफ्नै मौलीक भाकामा तयार पारीएको गीतको म्यूजिक भिडियोको निर्देशन कपिल लामा, छायांकन अजय रेग्मी, सम्पादन अमर शाक्यको रहेको छ भने शिव फिल्मस्ले दृश्य निर्माण गरेको हो । आफ्नो मायाले छोडेर जाँदाको पीडा गीतमार्फत् व्यक्त गरिएको छ । गीत सार्वजनिक भएको छोटो समयमै दर्शक, स्रोताले दिएको मायाले निकै उत्साही भएको गायक विनोद रामदामले जानकारी दिए ।
पछिल्लो समय चेलीबेटीमाथि बढेको घरेलु हिंसा र अत्याचारका कारण सिर्जित परिणामबारे म्यूजिक भिडियोको कथामा उतार्न खोजिएको छ ।