मेरा बा आमाको शेखपछि मलाई यो धर्तीमा एक सेकेण्ड पनि नराख्नु है? (भिडियो सहित)

लोक गायक नीलमणि भण्डारीले पिडाको वियोगमा आफ्नो फेसबुक वालमा मार्मिक दुख: पोखेको लेख तपाई सामु बाचन गरि पुराउने कोशिस गरेका छौ !

समयले मान्छेलाई कहाँ बाट कहाँ पुर्‍याउँदो रहेछ,कुनै समयमा म आफूलाई नेपालका ३२ लाख् अपाँङ्गहरु मध्येको सबैभन्दा भाग्यमानी अपाँङ्ग हूँ भन् ठान्थेँ,जुन् समयसम्म कसैको साथ् थियो! आजभोली त एस्तो लाग्छ कि ३२ लाख् अपाँङ्ग मध्येको सबैभन्दा अभागी त मै पो रहेछु!खुकुरीले काटेको र आगोले पोलेको घाऊ त जति जति पुरानो हुँदै गयो उती उती खाटा बस्दै जान्छ,तर यो मायाँको घाऊ त झन् झन् पुरानो हुँदै गयो झन् झन् दुख्दै जान्छ,झन् झन् पोल्दै जान्छ! हुन त पीडा नभएको मान्छे हुँदैन,फरक यत्ति मात्र हो,कसैको सानो पीडा त,कसैको ठूलो पीडा,आफ्नो पीडा आफैँलाई ठूलो लाग्नु पनि स्वभाविक नै होला!संसारमा म जस्ता धेरै पिडीतहरु होलान् जो विछोडको वियोगमा पानी बिनाको माछो जसरी तड्पिन्छ त्यसरी नै तड्पिने!सबैको भाग्य लेख्ने हे भाग्य विधाता!!!

तिमी सँग म एउटै मात्र बिन्ति बिसाउँछु,बरु यो मायाँ भन्नेँ चिजको अन्त्य नै गरीदेऊ,यदी त्यो पनि सक्दैनौ भने म जस्ता पागल प्रेमीलाई मृत्यु दण्ड नै देऊ,हाँसी हाँसी स्वीकारी दिऊँला,तर म माथि जुन् किसिमको बज्रपात् बर्सायौ यती ठूलो अन्याय कोहीमाथि पनि नगर! आज पनि स्मरण छ मलाई त्यो दिनको,२०६३ साल वैशाख २९गते सोमबारका दिन् काठमाडौं को म्हेपि मन्दिरमा गएर ऊनको सिउँदोमा सिन्दुर भरेको,अनि एऊटै रथका दुई पाँङ्ग्रा भएर सँग सँगै जिउने बाचा कसम खाएको! तर जीन्दगीको आधा बाटोसम्म पनि यात्रा गर्न नपाऊँदै एऊटा पाँङ्ग्रोले मेरो साथ् छोडीदियो! २०७५ साल् अशोज ९ गते मंगलबारको त्यो कालो दिन्! विहानै ऊठेर आफ्नो नित्य कर्म सकेँ,सानो ब्रिफकेशमा ऊनलाई सिन्धुर हालेको रुमाल सहितको सिन्धुरको एऊटा पोको थियो,त्यसलाई आफ्नो खल्तिमा हालेँ! कोठामा अति वृद्ध अवस्थाका बुढाबुढी बा-आमा आँखाभरी मोतीका दाना जस्ता बलिन्धारा आँशुका धारा बगाऊँदै भक्कानीन थाल्नुभयो! म बोल्नै सकिनँ,तै पनि आफूलाई सम्हालेर बा-आमाको पाऊमा आफ्नो शीर निहुराऊँदै भनेँ, मलाई आशीर्वाद दिनुस्! केही पीर मान्नु पर्दैन,हजुरहरुको लागि म छु!

बा-आमालाई त यसरी सम्हालेँ,तर मलाई सम्हाल्ने त्यहाँ कोही पनि थिएन! टाऊकोमा हेल्मेट लगाएर ढोका सम्म पुगेँ, पछाडि फर्किएर हेर्नै सकिनँ, किनकी मेरा आँखाबाट पनि बा-आमाको आँशुको पैँचो तिर्नका लागि होला गोहीका आँशुहरु निरन्तर झर्न सुरु भै सकेका थिए!आफ्नो चारपाँङ्ग्रे स्कुटरमा बसेर म म्हेपि मन्दिरतीर लागेँ! मन्दिरको गेटमा पुगेँ,आफ्नो स्कुटरलाई पार्किङमा राखेर गेटबाट भित्र पसेँ! हात गोडा र मेरो सारा शरीर नै थर्थरी काँपीरहेको थियो,गेटबाट भित्र पसेर देब्रेपट्टीको पीपलको फेदमा बसेँ, अनि माथि मन्दिर तीर हेरेँ! मन्दिर सम्म पुग्नका लागि धेरै लामा खुड्किलाहरु पार गर्नुपर्ने भएका कारण कसरी पुगुँ भनेर निकै बेर सोँचेर बसेँ! सोँच्दा सोँच्दै झन् मेरा नौ नारीहरु गल्न थाले,पुरै शरीर नै लल्याकलुलुक भएको अनुभुति भयो,घिस्रिएर माथिसम्म जाने आँट नै आएन!त्यसपछि अब मन्दिर नजाने निर्णय गरेँ, अनि त्यही पीपलको फेदलाई समाएर रुँदै रुँदै म्हेपि मातालाई सम्झिँदै भनेँ!

हे माता आजसम्म मलाई यती ठूलो विपत्ति कहिल्यै परेको थिएन बाह्र वर्षको यो लामो अन्तरालपछि तिम्रो शरणमा आएको छु! २०६३ साल बैशाख २९ गते शुक्रबार का दिन् तिम्रै काखमा बसेर तिमीलाई नै साक्षी राखेर मेरी नानुको हात मागेको थिएँ, आज २०७५ साल अशोज ९ गते मंगलबारका दिन् ऊनले पनि मेरो साथ् छोड्दैछिन्!मेरी नानुलाई आजबाट तिम्रो जिम्मामा छोडेको छु,ऊनको रक्षा गर है?विहानको ६ बजेको थियो,कोठमा फर्कन मन् नै लागेन,सिधै अनामनगर आफ्नो अफिसमा गएँ,अनि ढोका थुनेर एक्लै बेस्सरी रोएँ! रुँदा रुँदा विहानको १० बजेछ,मोवाईलमा वकिलको फोन आयो,त्यसपछि लागेँ जिल्ला अदालत बबरमहल तीर! अदालतमा उनीसँग एक शब्द पनि बोलचाल भएन,अभियोग दर्ता शाखाको ढोका नीर पक्ष विपक्ष वकिल सहित् हामी आ-आफ्नो पेपरमा हस्तक्षर धस्काउन थाल्यौँ,आँखाबाट आँशुका धारा बग्ने क्रम जारी नै थियो, दिउँसोको दुई बजेको थियो!काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको ईजालसले हाम्रो सम्बन्ध बिच्छेदको अन्तिम फैसला सुनाईदिए,ऊनी आफ्नो बाटो लागीन् अनि म आफ्नो बाटो! यत्तिमा सकियो वर्षौं लगाएर जोडिएको हाम्रो त्यो ऊनी र म बिचको एऊटै रथका दुई पाँङ्ग्राको सम्बन्ध! अन्तमा: हे सृष्टिकर्ता भगवान्! तिमी आफैँ मैले धान्नै नसक्ने गरी खुसी दिन्छौ,त कहिले सहनै नसक्ने गरी पीडा दिन्छौ! तिमी सँग मेरो कुनै गुनासो छैन,जती दियौ सबै लुट्यौ!मेरो वास्तविक जीवन् कतै किताबमा पढिएको श्रवणकुमारको कथा जस्तो नहोस्! किनकी मेरो भरमा डाँडा माथि अस्ताउन लागेका घाम् जुन् सरीका वृद्ध वृद्धा बा-आमा हुनुहुन्छ!केही समय ऊहाँहरुको सेवा गर्ने ठूलो ईच्छा छ,मेरा बा- आमाको शेखपछि मलाई यो धर्तीमा एक सेकेण्ड पनि नराख्नु है? यसैमा मेरो कल्याण हुनेछ ।।।।।