कानुन, सरकार र नागरिक

प्रेमबहादुर शाही

कुनै पनि देशको सरकार र त्यस देशका नागरिक कानुनमा बाँधिएका हुन्छन । सरकार संचालक र नागरिकहरु दुवैले कानुनको पालना गरी सधै कानुनप्रति वफदार हुनु पर्छ । कानुन भन्दा माथि कोही छैन भने, कोही कानुन भन्दा माथि हुनु पनि हुदैन । कानुन, सरकार र नागरिक भनेका एउटै अंङ्ग हुन । कानुन, सरकार र नागरिक एक भएपछि मात्र देशमा शान्ति स्थायीत्व सहितको समृद्धि हुन्छ । यदि कानुनलाई सरकार र नागरिकले कार्यान्वयन गरेनन् भने देशमा अराजकता हुन्छ । अन्तत् कानुनको लागि सडकबाट सत्तासँग लडाइँ हुन्छ । यसरी गरीएको कुनै पनि लडाईँले सहि र गलत जुन पक्षको पनि फैसला गर्न सक्छ । त्यसैले अहिलेसम्म देशमा भएका कुनै पनि सडक आन्दोलनले सत्तालाई जहिले पनि चुनौती दिदैं आईरहेका छन । सडक आन्दोलन यति शक्तिशालि बन्दै गएको छ, जसले सरकारलाई झुक्न र कानुनलाई निरीह बनाउन बाध्य बनाईन्छ ।

जसको पछिल्लो प्रत्येक्ष उदाहरण हुन लोकतन्त्र गणतन्त्र सहितको संघीय संविधान ल्याउनु । यी सडकबाट गरिएका माग यति शक्तिशालि बने जसले कानुन भनेको के हो ? सरकार भनेको को हो ? नागरिक भनेका को हुन ? प्रष्टाई दियो । राजनीतिक परिवर्तनका लागि भनेर गरिने सडक आन्दोलन शक्तिशालि हुनु स्वाभाविक कै मानिन्छ । तर सरकारको विपक्षभई कानुलाई निरीह बनाउनु अस्वाभाविक हो । के कानुन सरकार र नागरिक प्रति हैन ? यदि हुन भने किन सवै जिम्मेवार हुदैनन ? कानुनलाई किन पालना गरिदैन ? अझै भन्नु पर्दा हाम्रो देशमा परिर्वतनका नाममा गरिने आन्दोलन कति ठिक छ कति बेठिक छ भनेर कुनै पनि लेखाजोखा गरिदैंन । जसले गर्दा कति फाईदा हुन्छ, भने कति बेफाईदा हुन्छ । केही सिमित नागरिकहरु जंगलबादेखि सडकबाट चिच्याई÷चिच्याई सात्तापक्षलाई गलाई कानुनको धज्जी उढाएको हामीले देखेका छौं ।


शान्तिपूरण गरिन सक्ने आन्दोलनलाई हिंसामा परिणत गरियो । हाम्रो लागि यो भन्दो ठूलो लज्जामत अरु के हुन सक्छ ? कानुन, सत्ता र नागरिकसँग अनेकौं संकटहरु आउन सक्छ तर सवै लागेर संकटलाई समधान गर्नु बुद्धिमानी मानिन्छ । नागरिक, राज्य संचालकले कानुनलाई खेलाँची गर्दाको परिणाम आज कानुन, सत्ता र नागरि भन्दा सडक आन्दोलन बलियो हुदै गएको छ । यसरी सडक आन्दोलनले कानुन, सत्ता र नागरिकलाई चुनौति दिदै जाने हो भने, अवका आउने दिनमा सत्ता समाल्नको लागि कुनै पनि नेतृत्वकर्ताहरु अनुच्छिक देखिने छन । जसले गर्दा देशमा शान्ति स्थायीत्व र विधिको शासन स्थापना गर्न देशमा अझ दर्शर्कौ वर्ष लाग्ने छ । जवसम्म कानुन, सरकार र नागरिक एक अर्काका परिपुरक हुन भन्ने ठानिदैन तबसम्म कानुन, सरकार र नागरिक भएको सवैले अनुभूति गर्न पाउँदैनन् ।

लेखक – नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन ।
सम्पर्क नम्बर –ं 9864732475
इमेल – newsdailekh@gmail.com