गैर आवासीय नेपाली संघ बेलायतको स्क़टलेण्ड राज्य परिषदको समितिमा मोहन कार्की सर्वसम्मतले मनोनित

स्कटल्याण्ड, लामो समय देखि रोकिएर रहेको स्कटल्याण्ड राज्य परिषदको गठनको गाँठो अल्डरसटमा बसेको एनआरएन युके को कार्यसमिती बैठकले टुंगो लागेकोमा हामी सबै स्कटल्याण्ड बासीहरुमा खुसिको लहर छाएको छ। उक्त गैर आवासीय नेपाली संघ बेलायतको एनआरएन स्कटल्याण्ड राज्य परिषदको समितिमा अध्यक्षका प्रत्यासीहरु भोला खनाल, यज्ञमुर्ति ढकाल र मोहन कार्कीको नाम रहेका थिए जस्मा अध्यक्ष पदमा मोहन कार्की सर्वसम्मतले पारित भएको छ भने गैर आवासीय नेपाली संघ स्कटलेन्डका संरक्षकको रुपमा भोला खनाल र यज्ञमुर्ति ढकाल रहने भएका छन। बैठकमा सबैलाई मिलेर अघि बढ्न एनआरएन युकेका संरक्षक डमर घलेको अनुरोध गरेका छन्। सबै जना मिली एक भएर अघि बढ्ने र केन्द्रको बिधि र बिधानलाई मानेर सबैलाई संगठित गर्नेकुरा नव निर्वाचित अध्यक्ष मोहन कार्कीले बताएका छन्। समिति गठनको गाँठो फुकाई गैर आवासीय नेपाली संघ बेलायतले राज्य परिसदको गठन टुंग्याएर समावेसी एनआरएनए बनाउने अभियानमा सफलता हासिल गरेको कुरा अध्यक्षस योग कुमार फगामीले बताए । सबैले हार्दिकता साथ् नेत्रित्व स्वीकारेर संगठन बिस्तारमा सहयोग गर्ने तिनै पक्षलाइ धन्यवाद दिंदै भावी दिनमा अघि बढ्न र आफु सबै सहयोग गर्न तयार रहेको जानकारी महासचिव आरके त्रिपाठीले बताए। कार्यक्रममा पुर्व अध्यक्ष योगेन क्षेत्री , उपाध्यक्ष प्रेम गाहा मगर , शेर सुनार , धर्म बिभागका होमनाथ पौडेल , सदस्य मुकेश राना उपस्थिती रहेको थियो । उक्त दिनमा सम्पन्न गैर आबासिय नेपाली संघ राज्य समन्वय परिषद स्कटल्याण्ड तदर्थ समिति यस प्रकार रहेको छ:

अध्यक्ष : मोहन कार्की

उपाध्यक्ष :नारायण पहारी, कासिराम भण्डारी

सचिब : कृष्ण दाहाल

सहसचिव: दीवाकर पाण्डे

कोषाध्यक्ष : धन ब के सी

सह-कोषाध्यक्ष : यदुमणि सापकोटा

सदस्य : विजय मान डंगोल, राम प्रसाद बगाले, उज्वल कार्की, गोबिन्द खरेल, सुशिला गैरे, लक्ष्मी शर्मा सापकोटा, भोजराज खरेल, अन्जली चापागाईं, बलराम पौडेल, डिलाराम गैरे, कृष्ण देवकोटा, मनिष खत्री,

संरक्षक: भोला खनाल, यज्ञ मुर्ति ढकालयसरी गैर आबासिय नेपाली संघ राज्य समन्वय परिषद स्कटल्याण्ड ले पुर्णता पाएकोमा साथै सम्पुर्ण नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु र सम्योजकहरु लाई सम्पुर्ण स्कटलैण्ड परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण गरी उपमहासचिव बिनय अधिकारीले पत्रकारहरुलाई सूचना दिएका थिए ।

धन्यवाद । । ।