रवि लामीछानेलाई जेल हाल्नु पर्छ (कविता भिडियोमा हेर्नुहोस)

अति भयो
अति गर्न थाल्यो
यो रवि लामिछानेले
हो सरकार हो
यस्लाई जेल हाल्नु पर्छ।

कता- कता
मलाई त लाग्छ
यो रविलामीछाने
भित्र -भित्रै पागल भै सकेको छ
नत्र किन
लाखौँ- लाख युवा जिन्दगीहरु
चाहेर नचाहेर पनि
बाँच्न र बँचाउनको निम्ती
दिनानुदिन
जन्मभुमीको माया र सम्झनाहरु
मन भरी- भरी पोको पारेर
परदेशी माटोमा पलायन भै रहँदा
यो मान्छे भने
अमेरिका जस्तो देशको बासस्थान त्यागेर
यो देशको
कहाली लाग्दो
उराँठ लाग्दो परिवेषमा पनि
परिवर्तनको लालीगुराँस फुलाउँछु भन्छ
धेरै भयो रवि लामीछानेको
यो पागल नाट्य मञ्चन हेरेको
त्यसैले सरकार
यो रवि लामीछानेलाई जेल हाल्नु पर्छ।

पुरा कविता भिडियोमा सुन्नु होला

-कुङ्बा कान्छा