२४ घण्टा बित्न नपाउदै मालिकाको ट्रेलर ट्रेनिङमा -फेरी पनि रेखा थापाकै बर्चास्सो देखियो चलचित्र क्षेत्रमा (हेर्नुहोस ट्रेलर)

काठमाडौँ। अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ ।आउँदो कार्तिक १६ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘मालिका’को ट्रेलर बूढा सुब्बाको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो ।

रेखा फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई रेखा थापाकै आमा सरस्वती थापाले निर्माण गर्दैछिन्। शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायाङ्कन र सुरेश अधिकारीको सङ्गीत रहेको छ ।नरबहादुर कार्कीको कार्यकारी निर्माण रहेको चलचित्रमा बालविवाह र महिला हिंसाको कुरालाई उठान गरिएको छ।