१० बर्से बालिकालाइ बलात्कार अनि हत्या गर्ने अपराधी’ यस्तो रहेछ हत्याराको प्लान भयो पर्दाफास (भिडियो सहित)

जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेया बि.क. को बलात्कार र हत्यामा संलग्न पोखरा महानगरपालिका-२२, कोदीका २७ वर्षिय कुसुम पौडेललाई असोज १० गते सार्वजनिक गरेको छ ।असोज ८ गते साँझ हराएकी बालिकाको शव ९ गते बिहान घर नजिकैको झाँडिमा फेला परेको थियो । तत्कालै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक नविन कार्कीको कमान्डमा विशेष अनुसन्धान टोली गठन गरी खोजतलास गर्ने क्रममा असोज ९ गते राति नै निज पौडेललाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । पक्राउ परेका निज अभियुक्त आफू घटनामा संलग्न रहेको स्विकार गरेका छन् । प्रहरीले पक्राउ परेका निज उपर कारवाही प्रकृया अगाडि बढाएको छ ।
[youtube https://www.youtube.com/watch?v=E3NMZb7T6Ks]