बेगनास तालमा घटनाको नयाँ रहस्य, प्रत्यक्षदर्शी भन्छन्–उद्दारकर्ता नै आत्महत्या गर्न खोजे (भिडियो)

गत भदौं २३ गते बेगनास तालमा डुङ्गा दुर्घटना भयो । तीजको बेला दर खान आएका पहुनाहरु पानीमा डुबे । १० जना सवार पाहुनामध्ये २ जना मात्र बाँचे । ८ जनाको ज्यान गएको उक्त घटनाको बारेमा बिभिन्न टिका टिप्पणी बाहिरिएका छन् ।
कमलराज कँडेलको घरमा गएका पहुनाहरु पानीमा डुबेपछि उनी आफै बेहोस भए । पछिल्लो पटक डुङ्गा व्यवसायीले भने अनुसार उनी आफै उद्दारको लागी गए। समितिलाई थाहा दिएनन् तर घटना देखेपछि आफै तालमा हाम्फाले । उनी उपचारको लागी हाल काठमाण्डौमा छन् ।
यता पोखरा महानगरपालिका वडा नं. ३१ का अध्यक्ष कमल बहादुर थापाले बेगनास तालमा डुङ्गा सिण्डिकेट रहेको खुलासा गरे । पछिल्लो समय उक्त सिण्डीकेट हटाउन सफल भएको र चुहीने डुङ्गा पनि हटाउने प्रयास भएको बताए । हेरौं डुङ्गा ब्यवासायीले गरेको अर्को नयाँ खुलासा ।