निर्मला काण्डका एक जनालाइ नेपालगञ्ज लगेर लुकाईएकाे सनसनीपूर्ण खबरले खैलाबैला (भिडियो सहित )

निर्मला हत्याकाण्डको अनुसन्धानमा नेपाल प्रहरीले बाहिरी रुपमा सक्रियता देखाइरहेको भए पनि अन्तर्यमा नेपाल प्रहरीले नै केही तथ्य लुकाउने प्रयास गरिरहेको पाइएको छ ।निर्मलाको भेजाइनल स्वाबबाट बलात्कारीको डिएनए ग्रो गर्न सफलता मिलेपछि जागेको आशा अहिले भने मर्न लागेको देखिन्छ ।

मानसिक रुपमा असन्तुलित दिलिप विष्ट र अर्का युवक चक्रदेव वडूको डिएनए निर्मलाको योनीबाट संकलित स्राब (भजाइनल स्वाब)मा पाइएको डिएनएसँग नमिलेको तथ्य प्रकाशमा आएपछि बढेको जनदवावका कारण प्रहरीले एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र आयुस विष्टको डिएनए परीक्षणका लागि रगतको नमुना लिएको थियो ।

किरणसँगै होटेल ओपेरामा देखिएका भीमदत्त नगरपालिका वडा नं. २ बस्ने बुढाऐर थरका युवक केही दिनयता वेपत्ता छन् । उनी १० साउनमा किरणसँगै होटल ओपेरा गएका थिए । उनलाई अहिले नेपालगञ्जमा लुकाइएको सूचना प्राप्त भएको छ । मोबाइल मर्मत गरी घरखर्च धान्ने ती युवकको खोजी गरी डिएनए परीक्षण गर्न प्रहरीले अहिलेसम्म कुनै पहल गरेको छैन । यस बारे पुरा जान्नका लागि तल भिडियो हेर्नुहोला ।मानसखण्डबाट