निर्मला हत्या काण्ड : बम दिदी बहिनीको पोलिग्राफ रिर्पाट सार्वजनीक, अब के होला? (भिडियो सहित )

कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको अंग प्रहरी आफैं विवादमा तानिएको छ । प्रश्न के उठेको छ भने प्रहरीले अहिलेसम्म के गर्‍यो ?‘मानसिक सन्तुलन’ गुमाएका व्यक्ति दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर पर्दा पछाडिका ‘भीआईपी हत्यारा’ लाई जोगाउने चक्करमा अनुुसन्धान घुमेको स्थानीयको दाबी थियो । जसलाई बल पुर्‍याउने गरी डीएनए रिपोर्ट पनि आइसकेको छ । र, विष्ट साधारण तारेखमा छुटिसकेका छन् ।

विष्टको डीएनए बलात्कृत बालिका पन्तको ‘भेजिनल स्वाव’ बाट निकालिएको शुक्रकीटसँग मेल नखाएपछि उनलाई छाडिएको बताइएको छ ।
प्रकरणको अनुसन्धानको लागि संगठित अपराध अनुसन्धानको लागि मुलुककै मुख्य निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको थियो । यद्यपि, परिणामले उसकै अनुसन्धानमाथि पनि प्रश्न उठाएको छ । बम दिदी बहिनीको पोलिग्राफ रिर्पाट सार्वजनीक, अब के होला? तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=bIVp2eHGcxI]