करोडौं नेपालीको मन जितेका लमजुङे गायक रोशन कुताल क्षेत्रीको मौलिक दशैँ तिहार गित”आयो फेरी दशैँ र तिहार”सार्वजनिक(हेर्नुहोस भिडियो)

काठमाडौं, हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी तथा शुभ दिपावलीको हार्दिक शुभकामना सहित नेपाली गीत संगीतमा विभिन्न विधाका गीतहरु सार्वजनिक भइरहेका छन । याक ईन्टरटेन्टमेन्टको प्रस्तुति पछिल्लो युवा पुस्ताका जल्दाबल्दा गायक रोशन कुताल क्षेत्रीको दशैँ गितको भिडियो सार्वजनिक भएको छ । रोशन कुताल क्षेत्रीको उत्कृष्ट लय तथा शब्द सृजनामा मार्मिक दशैं गीत “आयो फेरी दशैँ र तिहार”बजारमा आएको छ ।रोशन कुताल क्षेत्रीको सुमधुर आवाजमा सुसजित गीतमा अभिनय भने रामचन्द्र अधिकारि,माधवा खनाल,बाबुराम शर्मा,रमेश रसाईली,निस्मा राई,र बाल कलाकार शाक्या चालिसे रहेको छ । सम्भु चालिसेको निर्देशन तथा छायांकन रहेको यस म्युजिक भिडियोलाई रबिन बिक र रमेश रसाईलीले सम्पादन गरेका छन् । उत्कृष्ट लय तथा सोहि अनुसारको शब्द समेत रहेको सो गीतमा खोट लगाउने कुनै ठाँउ छैन ।
हेर्नुहोस भिडियो :