१२ बर्षिया रबी रोदानबाट यति बेजोड कविता! भिडियो

राम कुमार श्रेष्ठ,
उत्कृस्ट कविता त्यसबेला जन्मन्छ जब कवी कविता बन्छ र कविता कवी । यहाँँ यी सानी नानी १२ बर्षिया रबी रोदानले कविता बाचन गरिरहेकी छैनन, उन्को हातमा कविता पढ्न कागजको टुक्रा छैन – यहाँँ त उन्ले आँफैलाई कविताको रुपमा प्रस्फुटित गरिरहेकी छिन् र त हलभरीका सबै उन्को कवितासंगै रोइरहेका छन, उनीसंगै यो दुनियाँँबाट हराइरहेका छन । बयस्कले बुझ्न नसकेको यथार्थता यी नानीले बुझेकी छिन्, बयस्कले बोल्न नसकेको कुरा यी सानी नानीले आँट गरेकी छिन् – यही त हो अब्बल साहित्यकारको वास्तबिक परिचय । नृत्यको क्षेत्रमा तेरिया मगर र गायनको क्षेत्रमा अशोक दर्जी जस्तै साहित्यको क्षेत्रमा एउटा बेजोड बाल प्रतिभा रबी रोदान जन्मदैछ नेपाली साहित्यमा – यो कविता सुन्दै गर्दा अन्तर्मनले यही बतायो मलाई ।