निर्मला काण्ड थप जटिल : यौनांगभित्र एक जनाको मात्रै शुक्रकिट (भिडियो सहित)

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई महिना पुग्दैछ। तर, अझै दोषी पत्ता लाग्ने छनकसम्म देखिएको छैन। यसो हुनुको प्रमुख कारण तत्कालिन कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्टको भूमिका नै प्रमुख भएको प्रहरीको भनाई छ। विष्टले अपराधीसम्म पुग्नुको साटो प्रमाण नष्ट गर्ने कार्यमा सक्रिय भूमिका खेलेको बालिकाकै आमा बुबाको आरोप छ। यहीँ कारण कञ्चनपुरमा आन्दोलन भयो।

एक जना बालक सनी खुना प्रहरीको गोली लागेर मारिए। पीडितका आमाबुबा न्याय माग्दै सिंहदरबारसम्म पुग्नु पर्‍यो। भलै प्रहरी प्रधान कार्यलयले बलात्कार र हत्याकाण्डमा लापरबाही गरेको भन्दै एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्स्पेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामी निलम्बनमा परिसकेका छन्।

[youtube https://www.youtube.com/watch?v=ydr-AJIcQ84]