कमेडी कलाकार ​तुलसी घिमिरेको ‘ए मेरी तरुनी’ सार्वजनिक

गायक तुलसी घिमिरेको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार युट्युबमार्फत ‘ए मेरी तरुनी’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रेम सागर निरौलाको शब्द तथा संगीत रहेको गीतलाई गायक घिमिरे आफैले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा पुजा केसी र मिलन श्रेष्ठको साथमा गायक घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको छायांकन भने गोकुलम रिसोर्ट र चिन्तन चौतारीमा गरिएको छ । श्री कुमार सामपाङले गीतको छायांकन गरेका हुन् । गीतको भिडियो निकै रमाइलो र कमेडी फ्लेवरको छ ।