निर्मला पन्त प्रकरण : प्रहरीमाथी परिवारको आक्रोश, प्रधानमन्त्रीकै अगाडी निर्मलाकी आमाले गरिन् यस्तो खुलासा (भिडियो)

जब निर्मलाकी आमा प्रधानमन्त्री केपी ओली संग भेट्न पुगिन उनले घटनाको प्रमाणहरु प्रहरीले मेटाएकोमा आक्रोश पोखिन् । प्राप्त हुन सक्ने संकेतहरु हुँदा हुँदै प्रहरीका बरिष्ठहरुले बिभिन्न बाहनामा प्रमाणहरु नष्ट गर्दा आफूहरुले न्याय पाउने आशा कम भएको बताईन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपराधीले उन्मुक्ति नपाउने स्पष्ट पारे । प्रधानमन्त्री निबास बालुवाटारमा निर्मालाका आमाबुवा दूर्गादेवी र यज्ञराज पन्तसंगको भेटमा प्रधानमन्त्री ओलीले निर्मला हत्याकाण्डका अपराधीलाई कुनै पनि हालतमा सजाय दिइने स्पष्ट पारको हुन् । प्रधामन्त्री ओलीले अब कुनै पनि हालतमा अपराधीले उन्मुक्ति नपाउने भन्दै अपराधी जसरी पनि पत्ता लाग्ने भन्दै अपराधीलाई पक्राउ पर्ने उल्लेख गरे ।
त्यस्तै उनले उक्त घटनामा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानको प्रक्रियामा ढिलोचाडो हुने बताए । प्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो अनुसन्धान आफूले गृहमन्त्रीलाई आवश्यक निर्देशन दिइसकेको भन्दै अपराधी पक्राउ पर्नेमा आफू विश्वस्त रहेको बताए । भेटमा निर्मलाका आमाबुवाले प्रधानमन्त्री ओलीसँग भावुक हुँदै आफ्नी छोरीको हत्यारा पत्ता लगाउन गम्भीर हुन आग्रह गरेका थिए । निर्मलाकी आमा दूर्गादेवी पन्तले यो हरेक नेपाली चेलीको समस्या भएको भन्दै यसको जडसम्म पुगेर कारवाही हुनुपर्ने बताएका थिए ।