पोखरामा भेटिए राजेश हमाल जस्तै व्यक्ति, आवाज पनि उस्तै, मान्छे झुकिएर हैरान (अन्तरवार्ता)

डा. हरि शर्मा पेशाले मेडिकल डाक्टर हुन् । उनको अनुहार नेपाली चलचित्रका महानायक राजेश हमालसंग मिल्छ । सानैदेखी राजेश हमालको फ्यान बताउने शर्मा पछिल्लो समय अनुहार नै मिलेपछि आफै ढंग छन् । आफ्नो सेलिब्रेटीको अनुहार आफैसंग मिलेपछि खुसी देखीने शर्मालाई भने कोही कोही राजेश हमालको फ्यानहरु झु्किएर हैरान पार्छन् ।
उनेको फोटो देखेर राजेश हमाल स्वयं झुकिएका थिए । आफ्नो फोटो राजेश हमाललाई पठाएपछि फेसबुकमा फोटो राख्दै आफ्नो फोटोमा झुकिएको उनले बताएका थिए । राजेश हमाल पोखरा आउँदा प्रायः डा.हरि शर्मालाई भेटेकै हुन्छन् । कोही कोहीले राजेश हमालको डुब्लिकेट पनि उनलाई भन्छन् । डुब्लिकेट शब्द मन नपर्ने भन्दै राजेश दाईको आफ्नो ठूलो फ्यान भएको बताए ।
अनुहार मात्र मिल्दैन आवाज पनि उस्तै निकाल्छन् शर्माले । सानै देखी राजेश हमालको क्यारिकेचर गरेका शर्माको आवाज पनि राजेशको जस्तै र शारिरिक बनावट पनि उस्तै भएकाले हिजो आज पोखरामा बाहिर निस्कदा कतिपय राजेश हमाल नै हो भन्दै झुकिन्छन् ।