दशैंको मुखमै लागे खाडीतिर चर्चित गायक बिष्णु खत्री,बिष्णु माझि के भन्छिन ?हेर्नुहोस

लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्रीको दशै गीत ‘दशैंमा रुने नपार’ शुक्रवार सार्वजनिक भएको छ । आसन्न दशैं पर्व यस बेलामा बैदेशिक रोजगारमा गएकाहरुको बाध्यता, बिवशता र परिवन्दलाई मुख्य बिषयबस्तु बनाइएको गितको म्युजिक भिडियो सुमधुर क्रियशनले बजारमा ल्याएको हो । भरिया दाई, किसानी दाई,सुनको जलव,दशैं तिहार संगै मनाउला,दशैँ तिहार आउँदा,जहाजको टिकेट, खै उनी कहाँ छिन् लगायतका परिवर्तनकारी गितबाट जनवादी गायकको समेत छवि बनाएका खत्री गित संगीत सिर्जना र गायनमा पोख्त मानिन्छन् । उनले दशैंको गित यसरी गाएका छन ।
केटी -माया अपार, अहिलेको दशैंमा रुने नपार।। केटी – माया अपार,अहिले नि आइन म छुट्टी नपाएर ।
गायक खत्रीको लय तथा शव्द, बिनोद बाजुरालीको संगीत संयोजन रहेको गितमा चर्चित गायिका बिष्णु माझीले साथ दिएका छन् । निर्देशक प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकन रहेको गितको म्युजिक भिडियोमा गायक खत्री र मोडल शिरु बिष्टले अभिनय गरेका छन् । हरेक बर्ष दशैं गित निकाल्दै आएका गायक खत्रीले यस बर्षको गितले पनि श्रोता दर्शकको मन जित्न सफल हुने बिश्वास व्यक्त गरे । ‘मेरा हर गीत, संगीत र सिर्जनालाई श्रोता दर्शकले धेरै माया दिएकै कारण आज यो ठाउँमा छु,’ उनले उत्साहित हुँदै भने, ‘यस गीतबाट पनि म धेरै आशावादी छु ।’ गितको म्युजिक भिडियो लिंक तल छ ।
गीतको भिडियो :