निर्मला पन्तको न्यायका लागी रमेश प्रशाईले गर्जिएर दिए कडा जबाफ (भिडियो सहित )

निर्मला पन्त हत्याको दोषीलाई कारवाहीको माग गर्दै बाँकेमा पनि प्रदर्शन भएको छ । नर्मला पन्तलाई बलात्कार पछि हत्या गरिएको घटनामा संलग्न अपराधीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन माग गर्दै मुलुकभर जस्तै आज बाँकेमा पनि प्रदर्शन भएको हो । कोहलपुरमा महिलाहरु निधारमा कालो पट्टी बाँधेर प्रदर्शनमा सहभागी भएका थिए । निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई कारवाहीको माग गर्दै आज देशभर प्रदर्शन भएको छ ।

काठमाण्डौ उपत्यका सहित बलात्कारीको पहिचान गरी कारवाहीको माग गर्दै प्रदर्शन भएको हो । आज दिउँसो काठमाण्डौको माइतीघरमा भेला भएर स्थानीयले प्रदर्शन गरेका हुन् । आज बिहान गाईघाटको पिपलचोक, काभ्रेको पाँचखाल झापाको काँकरभिट्टामा प्रदर्शन भएको छ । सिन्धुपाल्चोकको हेलम्बु, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा, सप्तरीको राजविराज, सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर झापाको दमक र अर्जुनधारामा पनि निर्मलाको न्यायका लागि प्रदर्शन भएका छन् । त्यस्तै रमेश प्रशाईले पनि निर्मला पन्तको हत्यारालाइ सजाए हुने पर्छ भन्दै यसरि गर्जिएका छन् ।
[youtube https://www.youtube.com/watch?v=Swjw4MfT3ac]