मैले गरेको हु निर्मला हत्याकाण्डको पर्दाफास,केहि दिनमै म आफै हत्याराको नाम तपाईहरुलाई दिन्छु

चर्चित पत्रकार ऋषि धमला यो बेला मिडियामा निकै चर्चामा छन।निर्मला हत्याकाण्डलाइ लिएर मिडियामा यो बेला चर्चामा छन।उनले निर्मलाको बाबा र आमालाई एकसाथ मिडियामा ल्याएका थिए। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन् ।निर्मलाका बुबाआमा यज्ञराज/दुर्गादेवीले शुक्रबार अपरान्ह थापालाई भेटेका हुन् । अधिकारकर्मीहरुसहित गृह पुगेका उनीहरुले थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्दै थापाले आफूहरु दोषी नजिक पुगेको बताए । ‘अनुसन्धानमा लापरबाही गर्नेलाई छुट दिने पक्षमा राज्य छैन’, उनले भने, ‘छानबिनको प्रक्रिया थालिसकिएको छ । तीब्र रुपमा समितिले परिणाम ल्याउने गरी काम गरिरहेको छ ।’

उनले घटनाका दोषीलाई जसरी भए पनि कानुनको कठघरामा उभ्याइछाड्ने बताउँदै जनताको आवाजलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामी जनताको सेवक हौं, मालिक होइन’, उनले भने, ‘जनताको जिउधनको रक्षा गर्ने दिदीबहिनीको अस्मिता जोगाउने हाम्रो काम हो । जसमा हामी प्रतिबद्ध छौं ।’
हेरौ पत्रकार कमल सरगमले लिएको पत्रकार ऋषि धमला संगको विश्लेषण सहितको कुराकानी :